जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा दुई पक्राउ
नेपालबहस संवाददाता
माघ ३, २०७८ सोमबार १९:२०:३१
३ माघ, बारा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आदर्शकोतवाल गाउँपालिका-८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय संतोष साह कानु र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेका छन् ।
गत पुस २५ गते दिउँसोको समयमा घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका हराई बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका-७ स्थित जमुनी खोलामा उनको शव फेला परेको थियो । ती बालिकाको शव फेला परेको सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बारा तथा २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा निज बालिकाको जबरजस्ती करणी पछि हत्या गरी फालेको खुल्न आएपछि घटनामा संलग्न संतोष साह र अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेकी शान्ती देवीलाई पक्राउ गरेको हो ।
उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार