थापाको नेतृत्वमा कांग्रेस स्याङ्जाको पहिलो बैठक सम्पन्न
नेपालबहस संवाददाता
माघ ३, २०७८ मंगलबार २:५१:८
♦ प्रकाश डोटेल
३ माघ, स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाको १४ औं जिल्ला अधिबेशनबाट सभापतिमा निर्वाचित संविधान सभा सदस्य राजु थापाको नेतृत्वमा जिल्ला समितिको पहिलो बैठक सम्पन्न भएको छ । कांग्रेस पार्टीमा सम्पन्न बैठकले महत्वपूर्ण ६ वटा निर्णय गरेको छ ।
बैठकको पहिलो निर्णय निर्वतमान कार्यसमिति र निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । दोस्रो निर्णय भने पार्टीका बैठकहरुलाई नियमित बनाउने निर्णय भएको कांग्रेस स्याङ्जाका सभापति राजु थापाले जानकारी दिए ।
सभापति थापाले दिएको जानकारी अनुसार जिल्ला कार्य समितिको बैठक प्रत्येक महिनाको ३ गते, क्षेत्रिय कार्य समितिको ८ गते,प्रदेश कार्यसमितिको १३ गते, पालिकाहरुको १८ गते र वडा कार्यसमितिको बैठक २३ गते गर्ने निर्णय भएको छ ।
थापाको नेतृत्वको कार्यसमितिले जिल्लाभर प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । काँग्रेस स्याङ्जाका नेता तथा महाधिबेशन प्रतिनिधि भरत प्रसाद लम्सालले दिएको जानकारी अनुसार पार्टी विधानको परिच्छेद १२ को दफा ६५ अनुसार सभापतिमा प्रतिस्पर्धी प्रदेश सांसद कांग्रेस नेता भागवत प्रकाशमल्ललाई जिल्ला कार्यसमितिको सदस्य बनाईएको छ ।
पार्टीको संगठन सुधिणीकरण गर्दै जिल्लाभर नेपाली कांग्रेस संगठन विस्तार प्राथमिकतामा राख्ने समेत भएको छ । बैंठकले जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको जिल्ला पार्टी कार्यालय मर्मत र थप संरचना समेत बनाउने भएको नेता लम्सालले जानकारी दिए ।
विगतलामो समयदेखि अव्यवस्थित बन्दै आएको कांग्रेसको लेबि संकलन कार्यलाई व्यवस्थित बनाउन आन्तरिक तयारी थालेको छ ।जिल्लास्थित सबै राजनीतिक दलसँग आपसी सहकार्य गर्दै जान भनेको कांग्रेस स्याङ्जाले सरकारी तथा गैरसरकारी संस्थासँग हातेमालो गर्दै जनसेवामा लाग्ने लक्ष्यलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार