सुदूरपश्चिम प्रदेशमा ‘बुस्टर डोज’ कार्यक्रम सुस्त
नेपालबहस संवाददाता
माघ ४, २०७८ बुधबार २:५३:३९
♦ सिद्धराज भट्ट
४ माघ, सुदूरपश्चिम । समयमै खोपको व्यवस्थापन गर्न ढिलाइले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्ध दिइने तेस्रो मात्राको खोप ‘बुस्टर डोज’ कार्यक्रम अझैँ सञ्चालन हुन सकेको छैन ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले केन्द्रबाट खोपको मात्रा पुग्न ढिलाइ हुँदा तोकिएको समयभित्र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । ‘‘बुस्टर डोज लगाउन खोपको मात्रा आज मात्रै पुगेको हो ।’’,
बुस्टर डोजको रुपमा खोपको मात्रा लगाउन केन्द्रबाट कोभिशिल्ड एक लाख पाँच हजार मात्रा र भेरोसेल ५१ हजार मात्रा प्राप्त भइसकेको प्रवक्ता कार्कीले जानकारी दिए । पहिलो र दोस्रो मात्रा ९पूर्ण खोप० पाइसकेकामा रोग प्रतिरोधीको थप क्षमता बढाउन तेस्रो मात्राको रुपमा ९बुस्टर डोज० खोप सञ्चालन गर्ने कार्यक्रम छ ।
पहिलो चरणमा यसअघि पूर्ण खोप लगाएर कोरोना रोकथामका लागि अग्रपङ्क्तिमा खटिएकालाई बुस्टर डोज दिइने जनाइएको छ । बुस्टर डोजको यो खोप कार्यक्रम यही माघ २ देखि सञ्चालन गर्ने तयारी थियो । यही माघ १४ गतेपछि पूर्ण खोप पाएका ६० वर्ष माथिका व्यक्तिलाई भेरोसेल खोप लगाउने तयारी छ ।
कोरोना सङ्क्रमण दर एकाएक उकालो लागेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले बताए । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये ५९ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेको जनाइएको छ । १२ देखि १७ वर्ष उमेर समूहका ६४ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् । उनीहरुलाई दोस्रो मात्राको खोप दिने समय पूरा भएपछि दोस्रो खोप दिने तयारी गरिएको छ ।
एकतिर कतिपय नागरिकले खोप लगाउन आनाकानी गरेको र अर्कोतर्फ खोप लगाउन आवश्यक पर्ने सिरिञ्जको अभावसमेत देखिएपछि तीन हप्ताअघि सम्म खोप सञ्चालनको काम केही सुस्त देखिएको थियो । भारतबाट भित्रिनेलाई सीमा नाकामै एन्टिजेन परीक्षण गरेर खोप नपाएकालाई एक मात्र खोप दिएर पुग्ने खोप लगाउने गरिएको छ । आगामी चैत्र महिनासम्म लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य सरकारको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले कोरोना रोकथामका लागि प्रदेशका चारवटै मुख्य सीमा नाकालाई पहिलेको भन्दा व्यवस्थित बनाइएको बताए ।
उनले भने, ‘‘पहिलेभन्दा सीमा नाकामा भारतबाट भित्रिनेको परीक्षणको दायरा बढाएका छौँ । यस्तो व्यवस्था देशका अरु प्रदेशका सीमा नाकामा भइरहेको देखिँदैन ।’’ भारतबाट नेपाल भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमीकमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ । कन्ट्याक्ट टे«सिङ गर्ने कामको जिम्मेवारी पालिकालाई दिइएको छ तर धेरै पालिकामा यो काम प्रभावकारी भएको देखिँदैन । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधार निर्माणमा जुटेको भएपनि दक्ष जनशक्तिको भने अझैँ अभाव रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा यो प्रदेशमा ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै यो प्रदेशमा कूल संक्रमितको सङ्ख्या ५१ हजार ५२१ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार