डुम्रे-बेसीशहर सडक दुई लेनमा स्तरोन्नति हुँदै
नेपालबहस संवाददाता
माघ ५, २०७८ बुधबार १५:१:५९
५ माघ, लमजुङ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे–बेसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । मनाङ र लमजुङलाई राजधानी काठमाडौं तथा विभिन्न ठूला सहरसम्म जोड्ने बेसीसहर–डुम्रे सडक एकमात्रै सडक हो । ४२ किलोमिटर डुम्रे–बेसिशहर सडकखण्डमा दैनिक ५ सयको हारहारीमा सवारी साधन ओहोरदोहोर गर्दछन् । तर, सडकको उचित मर्मत र विस्तार नहुँदा यात्रु निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताए । उनका अनुसार २ लेनको सडक निर्माण कार्य ३० महिनामा सक्ने गरी सम्झौता भएको छ ।
पन्तका अनुसार डुम्रे बजारबाट दुई सय २० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो। यसअघि ३ दशमलव ७५ मिटरको क्यारिज वे ‘भारवाहन सडक’ अव ७ मिटरको हुनेछ ।
दायाँबायाँ १-१ मिटरको ‘सोल्जर’ हुने उक्त सडकमा आवश्यकताअनुसार १र१ मिटरको नाली निर्माण हुनेछ । पृथ्वी राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५र १५ मिटरको हुने भएको छ । अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, पर्खाल उठाउने लगायत निर्माण कार्य भइरहेको छ । आठ दशमलव आठ किलोमिटर सडक ०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो।
उक्त सडकका लागि भ्याट र पीएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँको लागत अनुमान गरिएकोमा आशिष अनेस्ट जेभीले ३८ करोड ९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे–बेसीशहर सडक मर्मत नहुँदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार