सुत्केरी र ज्येष्ठ नागरिकलाई एम्बुलेन्स निःशुल्क
नेपालबहस संवाददाता
माघ ८, २०७८ शनिबार १५:३४:५२
८ माघ, दमौली । तनहुँको घिरिङ गाउँपालिकाले सुत्केरी र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा विपन्न सुत्केरी, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न नागरिक र दुर्घटनामा परेका घाइतेलाई निःशुल्क प्रदान गरिने भएको हो ।
गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सुन्धारा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार एम्बुलेन्स खरिद गरिएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए ।
गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा निजीस्तरबाट सञ्चालित एम्बुलेन्स र सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स खरिद गरिएको उनले बताए । दोस्रो लहरको कोरोना संक्रमणका बेला पनि गाउँपालिकामा एम्बुलेन्सको आवश्यकता खड्किएको थियो । “एम्बुलेन्स नहुँदा जनप्रतिनिधिले चढ्ने सवारीमा पनि कोभिड सङ्क्रमित बोक्यौ, तेस्रो लहरको कोरोना आइसकेकाले एम्बुलेन्सको अति आवश्यकता थियो”, उनले भने ।
जिल्लाकै तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि गत सातादेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को महामारीका बेला खड्किएको आवश्यकतालाई महसुस गर्दै एम्बुलेन्स खरिद गरी ल्याइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । गाउँपालिकावासीलाई स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यता अब हट्ने उनले बताए ।
गाउँपालिकाले ज्येष्ठ नागरिकलाई एम्बुलेन्स निःशुल्क दिने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवाबाट तनहँुका अतिरिक्त गोरखा र चितवनका स्थानीयवासी लाभान्वित हुनेछन् । यो एम्बुलेन्स सरकारी तवरबाट सञ्चालित हो । आँबुखैरेनीमा निजी क्षेत्रबाट थप तीन एम्बुलेन्स सञ्चालनमा रहेको छ ।
यसअगाडि तनहुँकै व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । स्थानीय तहले सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट सर्वसाधारणले न्यूनतम मूल्यमा सेवा पाइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार