वालिङमा भर्चुअल माध्यमबाट नगरसभा सम्पन्न
नेपालबहस संवाददाता
माघ ११, २०७८ बुधबार ०:८:२०
♦ तोलाकान्त बगाले
११ माघ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले भर्चुअल (जुम) मार्फत एघारौं नगरसभा आज सम्पन्न गरेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण दर उच्च हुँदै गएपछि भर्चुअल माध्यमबाट नगरसभा गरेको हो ।
ओमीक्रोनको संक्रमण दर उच्च भएसँगै प्रविधिको प्रयोगमार्फत देशमै पहिलो पटक भर्चुअल माध्यमबाट नगरसभा गर्ने वालिङ नगरपालिका पहिलो भएको दाबी नगर प्रमुख दिलीपप्रताप खाँणको छ ।
२०५४ सालमा आजकै दिन वालिङलाई नगरपालिका घोषणा गरिएको सन्दर्भ पारेर प्रविधिको प्रयोगसहित नगरसभा गरिएको उनले बताए । नगरसभाका सभासदहरु घर–घरमै वा वडा कार्यालयमा बसेर भर्चुअलमाध्यमबाट सभामा सहभागी भएका हुन् ।
नगरसभाले वालिङ नगरपालिकाको जनस्वास्थ्य विधेयक, २०७८ र शिक्षा ऐन २०७४ को दोस्रो संशोधन कार्यविधि सर्वसम्मतिबाट पारित गरेको छ । विधायन समितिका सभापति धनबहादुर कुमालले प्रस्तुत गरेको जनस्वास्थ्य विधेयक र शिक्षा ऐनको संशोधन कार्यविधिमाथि छलफल गरी सभाले पारित गरेको हो ।
त्यस्तै उपप्रमुख कल्पना तिवारीले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन, कार्यपालिकाले गरेका निर्णयहरुको अनुमोदनसम्बन्धी प्रवक्ता केदार काफ्लेद्वारा प्रस्तुत प्रस्तावमाथि छलफलसहित सभाले पारित गरेको छ ।
लेखा समिति सदस्य जमुना केसीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन एवम् बेरुजु फछ्र्यौटसम्बन्धी प्रतिवेदन, केसीले नै प्रस्तुत गरेको पूर्वाधार विकास समितिको प्रतिवेदन, सुशासन समितिका संयोजक अर्जुनप्रकाश अर्यालले प्रस्तुत गरेको सुशासनसम्बन्धी प्रतिवेदन पारित भएको छ ।
सामाजिक विकास तथा फोहोरमैला ब्यवस्थापन समितिका संयोजक युगमाया पंगेनीद्वारा प्रस्तुत प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक रेखा थापाद्वारा प्रस्तुत प्रतिवेदन र वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक गीता रनपालद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफलसहित पारित भएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए।
एघारौं नगरसभालाई भर्चुअल माध्यमबाट गर्नेगरी आवश्यक सम्पूर्ण तयारीहरु पूरा गरेर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । नगरसभा भर्चुअल माध्यमबाट गर्ने संभवत वालिङ नगरपालिका नै देशभरमा पहिलो हो भन्ने दावी रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार