वालिङका व्यावसायिक च्याउ कृषकहरुलाई बिउ बितरण
नेपालबहस संवाददाता
माघ ११, २०७८ बुधबार ०:१९:१०
११ माघ, वालिङ । वालिङ नगरपालिकाका व्यावसायिक रुपमा च्याउ खेती गर्दै आईरहेका कृषकहरुलाई च्याउको बिउ बितरण गरिएको छ । नगरपालिका भित्रका १४ वटै वडाका अगुवा तथा व्यावसायिक च्याउ खेती गर्ने कृषकहरुलाई सीताके र पराले च्याउको बिउ बितरण गरिएको हो ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत च्याउको बिउ बितरण गरिएको हो ।
नगर भित्रका ५० जना कृषकहरुलाई च्याउको बिउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले जानकारी दिए । परियोजना अन्तर्गत कृषक तथा उद्यमीहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न बिभिन्न सहयोग गरिदै आएको अध्यक्ष गैह्रेले बताए ।
उनले भने, ‘परियोजनाको मुख्य कार्य नै उत्पादन र उत्पादकत्व बृद्धिमा रहेको छ ।’ वालिङ नगरपालिका परिसरमा स्थापना गरिएको उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र ईबिकले कृषक तथा उद्यमीहरुसँग सहजिकरण समेत गर्दै आएको छ । ईबिक सेन्टर कै सहजीकरणमा च्याउको बिउ बितरण गरिएको परियोजनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार