स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै सशस्त्र प्रहरी
नेपालबहस संवाददाता
माघ १२, २०७८ बिहिबार २:४२:४०
१२ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै लगेको छ । बहालवाला एवं अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका साथै आश्रित परिवारले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौंमा मात्र सीमित रहेको नेपाल एपिएफ अस्पताललाई क्रमशः विस्तार गर्दै लगिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।
यसअघि प्रदेश १ मा पूर्वक्षेत्रीय अस्पताल, मधेस प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्यपश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा विस्तार गरेकामा यस वर्ष गण्डकी प्रदेशमा अस्पताल स्थापना गर्न लागिएको उनले जानकारी दिए ।
उनका अनुसार आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत एक÷एक वटा फिल्ड अस्पताल स्थापना गरिने जनाइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले ११० श्याबाट हाल अस्थायीरुपमा ३५० श्ययाको स्वीकृति प्राप्त नेपाल एपिएफ अस्पताललाई स्थायी स्वीकृति एवं आवश्यक जनशक्ति र स्रोतसाधन प्राप्त भएमा अस्पतालले थप प्रभावकारी कार्य सम्पादन गर्नसक्ने पनि बताए। त्यसका लागि सरकारसँग आवश्यक सहयोगको अपेक्षा गरिएको सशत्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।
कोभिड–१९ सङ्क्रमणका बेला बलम्बुस्थित एपिएफ अस्पतालले उल्लेखनीय स्वास्थ्य सेवा प्रदान गरेकामा प्रशंसासमेत पाएको छ । सरकारले उक्त अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाएर सर्वसाधारण नागरिककोसमेत सेवा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार