वन अधिकार सुनिश्चितताकाे माग गर्दै देशव्यापी आन्दोलन शुरु
नेपालबहस संवाददाता
माघ १३, २०७८ बिहिबार १७:८:२३
१३ माघ, गण्डकी । सामुदायिक वन महासंघ नेपालले उपभोक्ताको अधिकार सुनिश्चितताको माग गर्दै देशव्यापी आन्दोलन शुरु गरेको छ । कोभिड–१९ को उच्च जोखिममा रहेको अवस्थामा महासंघले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालन गर्दै साङ्केतिकरुपमा एक महिने आन्दोलन घोषणा गरेको हो ।
वन महासंघ गण्डकी प्रदेशले पोखरामा भएको राष्ट्रियसभा निर्वाचन स्थलमा आयोजित कार्यक्रममा प्रदेशका मन्त्री, जनप्रतिनिधि, सर्वसाधारणले सेतो ब्यानरमा हस्ताक्षर गरेर आन्दोलनप्रति एकेवद्धता जनाएका थिए।
सो अवसरमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, वन तथा भूसंरक्षणमन्त्री दिपक थापा, भौतिक पूर्वाधारमन्त्री कुमार खड्का, शिक्षामन्त्री मेखलाल श्रेष्ठ, पूर्वमन्त्री पद्मा अर्याल संघीय सांसद, प्रदेश सभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलगायतले हस्ताक्षर गरेर एकेवद्धता जनाएका थिए ।
सामुदायिक वनको अधिकार कटौती गर्ने गरि तयार गरिएको वन नियमावली २०७८ को मस्यौदा खारेज, प्रदेश वन ऐन निर्माण, संरक्षित क्षेत्र विस्तार तथा तेहेरो कर खोजीको माग गरिएको छ । त्यस्तै दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड तुरुन्त तयार गर्न, निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन खारेज गर्न, वन्यजन्तु आक्रमणबाट मृत्यु हुनेका परिवारलाई रु एक करोड र कृषिमा पु¥याएको क्षतिको शतप्रतिशत क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, अवैधानिक आपूर्ति समिति खारज गर्न, विदेशी काठ आयात बन्द गर्दै मुलुकको वन क्षेत्रको काठ सदुपयोग गर्ने खालको निती बनाउन माग गरिएको सामुदायिक वन उभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार