डा. हर्क गुरुङ उद्यान बनाउन आठ लाख सहयोग
नेपालबहस संवाददाता
माघ १७, २०७८ सोमबार १३:११:३९
१७ माघ, लमजुङ । भूगोलविद् डा. हर्क गुरुङको जन्मगाउँ मर्स्याङदी गाउँपालिका-७ ताङलीचोकमा ‘डा. हर्क गुरुङ उद्यान’ निर्माणका लागी सहयोग रकम जुटेको छ ।
डा. हर्क गुरुङ प्रतिष्ठानले डा. हर्क गुरुङको समाधी स्थल ताङलीचोकमा डा. गुरुङको सम्झनामा विभिन्न संरचना निर्माणको गुरुयोजना समेत निर्माण गरेकाले ल्हेंगे तमु समाज बेलायतले डा. हर्क गुरुङ प्रतिष्ठानलाई आठ लाख सहयोग गरेको हो ।
नेपालबाट युकेमा वसोवास गर्ने तमुहरुको सस्था ल्हेंगे तमु समाजले उत्तरी लमजुङको ताङ्लीचोकस्थित डा. हर्क गुरुङ समाधी स्थलमा विभिन्न संरचना निमार्णका लागि उक्त रकम सहयोग गरेको हो । ल्हेंगे तमु समाज युकेका सस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङले वडा अध्यक्ष युवा घलेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
तमु प्ये ल्हु संघ युकेका प्रमुख सल्लाहाकारसमेत रहेका गुरुङले प्रतिष्ठानको योजना सफल बनाउन युकेस्थित नेपाली तथा विशेषगरी ल्हेगे तमु परिवारबाट रकम संकलन गरी प्रतिष्ठानलाई सहयोग गरेको बताए । करिब२५ रोपनी जग्गामा डा. हर्क गुरुङ पार्क, संग्राहलय र पुस्तकालय बनाउने प्रतिष्ठानको मुख्य योजनालाई मूर्त रुप दिन देशविदेशबाट सहयोग संकलनको क्रम जारी रहेको वडाअध्यक्ष युवा घलेले बताए ।
डा. हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले उद्यानसँगै अन्य संरचना निर्माणका लागि करिब ६० लाख लाग्ने अनुमान गरिएको छ ।
विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परी २०६३ साल असोज ७ गते डा. गुरुङको निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार