अदानचुलीमा इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई सास्ती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
माघ १७, २०७८ सोमबार १६:१३:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/internet_azpMNbcwDp.jpg)
सुरेस परियार
१७ माघ, सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा झण्डै एक महिनादेखि इन्टरनेट सेवा अवरुद्ध छ । जसकारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वर्ल्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा २१ दिन देखि इन्टरनेट सेवाले काम गर्न छोडेको हो । कहिलेकाहीँ बिहानको सयम एक(दुई घण्टा मात्रै काम गर्ने गरे पनि अन्य समय काम गर्न छोडेकाले सेवाग्राहीले समस्या भोगी रहनुपरेको छ ।
टावरमा खराबी आएर २१ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ ।
इन्टरनेट नहुँदा बैंकमा दिनहुँ बैंकिङ कारोबार ठप्प हुनुका साथै लाभान्वित सेवाग्राहीलाई भुक्तानी दिन नसकेको ग्लोबल आइएमई बैंकले जनाएको छ । सेवाग्राहीले बैंकमा इन्टरनेट नहुँदा रित्तो हात लिएर फिर्ता हुने गरेको र दैनिक नागरिकले सास्ती खेप्नुपरेको छ ।
गाउँपालिकामा सञ्चारको माध्यामका रूपमा रहेको ग्रामीण रेडियो श्रीनगरलाई समेत इन्टरनेट नहुँदा समाचार सम्प्रेषणमा थप समस्या बनाएको रेडियोका स्टेशन म्यानेजर कालीबहादुर थापाले बताए । आफूले अन्य राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने गरेको भए पनि हप्ता दिनदेखि इन्टरनेट सेवा नहुँदा जिल्लामा भएका समाचार सम्प्रेषण गर्न नसकेको उनको भनाइ छ ।
अवरुद्ध भएको वर्ल्डलिंक मर्मतका लागि कर्मचारी पठाउने तयारी भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईएसएस बारे नासा र स्पेसएक्सबीच सम्झौता
असार १४, २०८१ शुक्रबार
चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल
असार १२, २०८१ बुधबार
अन्तरिक्ष यात्रीलाई आईएसएसबाट फिर्ता ल्याउन फेरी अन्योलता
असार ९, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार
चौबिसै घण्टा खुला गरिएसँगै चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय
असार १७, २०८१ सोमबार
व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत
असार १७, २०८१ सोमबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार