गाउँमै बर्थिङ सेन्टर स्थापना, गर्भवती महिलाहरुलाई सहज
नेपालबहस संवाददाता
माघ १७, २०७८ सोमबार २२:१४:२३
♦ तोलाकान्त बगाले
१७ माघ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिका ३ माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवती महिलाले स्वास्थ्य मापदण्ड अनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख संगीता गहतराजले बताए ।
“यहाँ बर्थिङ सेन्टर स्थापना नहुँदै गर्भवती महिलाहरु स्वास्थ्य परीक्षणका लागि पनि खासै आउनुहुन्थेन” उनले भने, “बर्थिङ सेन्टर स्थापना भई सेवा प्रवाह थालेसँगै अहिले महिलाहरु नियमित स्वास्थ्य चौकीमा आउने क्रम बढेको छ ।”
घर÷घरमै वा वालिङ, पोखरा लगायतका अस्पतालमा गएर सुत्केरी हुने गरेकामा अहिले भने गर्भवती भएदेखि नै नियमित स्वास्थ्यकर्मीको परामर्श अनुसार स्वास्थ्य परीक्षणमा आउने गरेका प्रमुख गहतराजले जानकारी दिए । “गर्भवती भएदेखि नै उहाँहरुको तथ्याङ्क राखेर नियमित निगरानी र आवश्यक परामर्श गरिरहेका हुन्छौं” उनले भने, “बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनुभएका महिलाहरुलाई अहिलेसम्म फर्काउनुपरेको छैन ।”
बजारदेखि अलिक टाढा र यातायातका दृष्टिले भनेको समयमा सवारी साधनहरु नपाईने समस्याले गर्भवती महिलाहरुलाई बोकेर वालिङ लैजानुपर्ने अवस्था थियो अहिले भन त्यो समस्या समाधान भएको वडा अध्यक्ष एवं स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए ।
“पहिला बाटोघाटोको पनि असुबिधा थियो, समयमा गाडी पाईदैनथ्यो, लैजाँदा लैजाँदै बाटोमै सुत्केरी हुने अवस्था थियो” अध्यक्ष गुरुङले भने, “स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनासँगै तालीमप्राप्त स्टाफहरुले यहीँ नै सेवा दिनुहुन्छ जसले गर्दा यहाँका स्थानीयलाई सहज भएको छ ।”
गतवर्षदेखि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा थप गरेसँगै घरमै सुत्केरी हुने वा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष गुरुङ बताउछन् । विकट र ग्रामीण भेग भएकाले स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्छ भन्ने लागेर माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा थप गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।
“बर्थिङ सेन्टरकालागि आवश्यक पर्ने पूर्वाधार, उपकरणहरुको ब्यवस्था गरेका छौं” शाखा प्रमुख पाण्डेले भने, “अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्यकर्मीलाई तालीम दिएका छौं, जसका कारण सेवा प्रभावकारी भएको छ भने स्थानीयलाई सहज पनि भएको छ ।”
माझकोट स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याईएको बर्थिङ सेन्टरकालागि स्याङ्जा परिवार दक्षिणकोरिया किम्हे बुसान शाखाले स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको शाखाका निवर्तमान अध्यक्ष जीबलाल काफ्लेले बताए । ग्रामीण भेगमा सहज र संस्थागतरुपमा सुत्केरी गराउनकालागि आवश्यक उपकरणहरु शाखाले स्वास्थ्यचौकीलाई उपलब्ध गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार