गाउँपालिकाद्धारा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप
नेपालबहस संवाददाता
माघ १७, २०७८ सोमबार २३:२५:२९
१७ माघ, ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकामा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ । गाउँपालिकाभित्र पालिएको करिब दुई सय कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको हो ।
गाउँपालिकाको पोषण संवेदनशील कार्यक्रमको पशुपन्छी विकास क्षेत्रअन्तर्गत वडा–वडामा शिविर सञ्चालन गरी स्थानीयले पालेका कुकुर र बिरालोलाई खोप लगाएको गाउँपालिकाले जनाएको छ ।
मेरिङ्देन गाउँपालिकाका पशु सेवा प्राविधिक राजन गुरागाईंका अनुसार प्रत्येक वडामा सञ्चालित पशु स्वास्थ्य शिविरमार्फत कुल एक सय ८५ वटा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको छ ।
गुरागाईंले एक सय ६४ वटा कुकुर र २१ वटा बिरालोलाई रोगविरुद्ध खोप लगाएको जानकारी दिए । उनकाअनुसार वडा नंम्बर १ थिङ्लाबुमा ५२ वटा कुकुर र १० वटा बिरालोलाई खोप लगाइएको छ ।
यस्तै वडा नंम्बर २ सान्थाक्रामा १३ वटा कुकुर, वडा नंम्बर ३ खाम्लुङमा १४ वटा कुकुर, वडा नंम्बर ४ लिङ्तेपमा ४३ कुकुर तथा १० वटा बिरालो, वडा नंम्बर ५ थुकिमामा ४० कुकुर तथा एउटा बिरालो र वडा नंम्बर ६ नाल्बुमा दुई वटा कुकुरलाई खोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार