सशस्त्रमा एआईजीको दरबन्दी थपः भावी आईजीपीको ‘रेस’मा कसले गर्ला ब्रेक ?
नेपालबहस संवाददाता
माघ १९, २०७८ बुधबार २१:२९:५५
१९ माघ, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्ने समिति बनाएपछि उक्त दरबन्दी एक गर्ने कि दुई भन्ने द्विविधा भएको छ । माघ २६ पछि मात्र दरबन्दी थप हुने भएकाले सशस्त्र प्रहरी बलमा एक कि दुई पद थप गर्ने भन्ने बारेमा द्विविधा भएको हो ।
‘शुरुमा एक दरबन्दी थप गर्ने र त्यसपछि अर्को थप गर्नेगरी ओएण्डम गर्न लागिएको छ’, स्रोतले भन्यो । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा बनेको समितिमा डीआईजी राजु अर्याल सदस्य रहेका छन् । सो समितिले चाडै नै ओएण्डएम प्रतिवेदन तयार पारेर अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाउने भएको छ । माघ २६ गते दुई डीआईजीहरु खड्ग राई र मन्दिप श्रेष्ठ अनिवार्य अवकाश पाएर घर गएपछि एक एआईजीको दरबन्दी थप गर्ने भने निश्चित भएको हो ।
‘माघको पहिलो साता नै दरबन्दी थप गर्ने कुरा थियो तर सरकारले नै ओएण्डएम गर्न सहमति दिदाँ ढिला भएपछि अहिलेको अवस्था आइपरेको हो’, स्रोतले भन्यो । सशस्त्रमा एआईजीको दरबन्दी स्वीकृत हुन भने केही समय लाग्नेछ । सशस्त्रमा एआईजीको दरबन्दी थप गर्ने विषयमा गृह र अर्थका उच्च अधिकारीहरु सहमत भइसकेका छन् । ‘कति वटा भन्ने मात्रै एकिन भएको छैन’, स्रोतले भन्यो ।
स्रोतका अनुसार राजु अर्याललाई ओएण्डएम समितिमा राखिएकोमा संगठनभित्रै उनकै प्रतिस्पर्धीले मन पराएका छैनन् । भावी आईजीपीको दावी गरिरहेका अर्यालका प्रतिस्पर्धी डीआईजीद्धय नारायणदत्त पौडेल र सीपी गौतमले अर्याल ओएण्डएम समितिको सदस्य भएको नरुचाएका हुन् । यद्यपि दुवै डीआईजीले यो विषयमा केही बताएका छैनन् । ‘मूख्यालयमै उहाँ ओएण्डएम समितिमा बसेको रुचिकर छैन, प्रतिस्पर्धीहरुले खास मन पराएका छैनन’, स्रोतले भन्यो ।
हुनतः सशस्त्र प्रहरीले दरबन्दी थपका लागि ओएण्डएम गर्न डीआईजी राजु अर्यालको संयोजकत्वमा आन्तरिक समिति बनाएपछि नै सशस्त्रमा भावी आईजीपीको खेल शुरु हुन थालिसकेको छ । एउटा मात्रै दरबन्दी थप गरेर कोही एकजनालाई एआईजीमा बढुवा गर्ने र उसलाई नै आईजीपी बनाउने खेल शुरु भएको भन्दै सशस्त्रमा चर्चा चलेपछि भावी आईजीपीको खेल शुरु भएको हो । हालका आईजीपी शैलेन्द्र खनालले अर्याल, पौडेल र गौतमलाई मूख्यालयमा राखेर सशस्त्रको काम कारवाहीबारे जानकारी गराइरहेका छन् ।
तर उनीहरुबीच को आईजीपी हुने हो भन्ने एकिन विश्वास छैन । तीन जना नै बलिया प्रतिस्पर्धी रहेका छन् । पछिल्लो पटक अर्याल, पौडेल र गौतम तीनै जनाले शक्तिकेन्द्र प्रयोग गर्न थालिसकेका छन् । खासगरी उनीहरु तीन जनाको लडाई अहिले एउटा एआईजीको दरबन्दी थप गर्ने कि दुई वटा दरबन्दी थप गर्ने भन्नेमा रहेको छ । अर्याल एउटा मात्रै दरबन्दी थप गर्ने पक्षमा रहेका छन् । तर पौडेल र गौतम भने दुईवटा दरबन्दी थप गर्ने पक्षमा रहेका छन् ।
यदि एउटा मात्रै दरबन्दी थप भएमा आईजीपीको दावेदार रहेका उनीहरु मध्ये दुई जनाले एआईजीमै चित्त बुझाउनु पर्नेछ । ‘भावी आईजीपीको रेसमा रहेका अर्याल, पौडेल र गौतम नै हुन । एउटा दरबन्दी थप भए उनीहरु मध्ये एक एआईजीमा बढुवा हुनेछन् । बढुवा भएका एआईजी नै वैशाखमा आईजीपी हुनेछन्’, स्रोतले भन्यो ।
सशस्त्रमा हाल कार्य र सीमा सुरक्षा विभाग र प्रशासन तथा मानव श्रोत गरी दुई विभाग छन् । जसमा सीमामा पुष्पराम केसी छन् भने प्रशासनमा रामशरण पौडेल छन् । सशस्त्रमा सीमा र कार्य विभाग अलग गर्ने तयारी गरी एउटा मात्रै दरबन्दी थप गर्ने भनिएको तर शिक्षालयहरुको व्यवस्थापनका लागि पनि अर्को दरबन्दी आवश्यक रहेकाले दुई दरबन्दी आवश्यक रहेको सशस्त्रले जनाएको छ ।
तत्कालिन केपी शर्मा ओलीको सरकारले २०७५ जेठमा सशस्त्रमा एआईजीको संख्या दुई वटा राख्ने निर्णय गरेको थियो । सोही अनुसार अहिले सशस्त्रमा दुई एआईजी कायम रहेका छन् । अब दुुई एआईजीको दरबन्दी थप हुँदा महानिरीक्षकसहित सशस्त्र प्रहरीमा पाँच विशिष्ट श्रेणीको पद हुन्छ । त्यसो हुँदा तल्लो तहमा पनि बढुवा लागि सहज हुने बताइएको छ । तर यो सहजताका लागि तत्काल दुई एआईजीको दरबन्दी थप गर्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार
आफ्ना मन्त्रीहरुलाई कांग्रेसले छलफलका लागि बोलायो, संसदीय दलको बैठक पनि बस्दै
माघ ३, २०८१ बिहिबार