दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीय खुसी
नेपालबहस संवाददाता
माघ १८, २०७८ मंगलबार १९:०:३८
दिलकुमार लिम्बू
१८ माघ, ताप्लेजुङ । ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका-५ पापुङ गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुशियाली मनाएका छन् । आइतबार गाउँमा पापुङमा गाडी पुगेपछि स्थानीयवासीले खुशियाली मनाएका हुन् ।
भौगोलिक बनावटका हिसाबले अति दुर्गम गाउँमा पहिलो पटक गाडी पुग्दाखेरी स्थानीय समुदाय हर्षित भएका थिए भने उनीहरूले चालक र सो गाडीमा पुगेकालाई खादा ओढाएर स्वागत गरेका थिए । पुस्तौंदेखि गाडी देख्न नपाएका नागरिकमध्ये स्थानीय रिङ शेर्पाले आफ्नै गाउँमा गाडी पुगेको देख्न पाउँदा खुसी लागेको बताए ।
अब गाउँदेखि नै दैनिक रुपमा यातायात सेवा सञ्चालन हुने भएको र पापुङका समुदायलाई यातायात सुविधाका लागि राहत पुग्ने भएको शेर्पाले बताए । विगतमा एक दिन पूरै लगाएर आवश्यक सामग्री भरीयामार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी भइहालेमा पनि तत्काल अस्पताल पुर्याउनलाई समस्या रहँदै आएको थियो, तर अहिले गाउँमै गाडी पुगेपछि यस्ता समस्याका हल हुने भएको स्थानीय लाक्पाफुटी शेर्पाले बताए ।
‘गाडी चढ्नका लागि पाँच घण्टा पैदल हिँडेर मिक्वाखोला गाउँपालिका-४ साँबासम्म पुक्नुपर्थ्यो। तर, अबदेखि आफ्नै गाउँबाट गाडी चढ्न र आवश्यक सामग्री ढुवानी गर्न पाउने अवस्था बनेपछि खुसी भएका छौं,’ शेर्पाले भने ।
गाउँका नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनेगरी सडक निर्माणको योजनालाई अघि बढाएको मिक्वाखोला गाउँपालिका(५ का पापुङका वडाध्यक्ष डण्डु लामाले बताए ।
वडाध्यक्ष लामाका अनुसार उक्त सडक गाउँसम्म पुर्याउनका लागि गतवर्ष मिक्वाखोला गाउँपालिकाको एक करोड बजेट खर्च भएको थियो । यस्तै चालु आर्थिक वर्षमा पापुङ गाउँ, पालिका केन्द्र साँबा हुँदै सदरमुकामसँग सडक सञ्जालले जोड्ने योजनामा विनियोजित ७० लाख रुपैयाँ बजेट खर्च गरेर गाउँसम्म सडक पुगेको गाउँपालिकाले जनाएको छ ।
ताप्लेजुङमा नौवटा स्थानीय तह छन् । जसमा ६१ वडा रहेको छ । विगतमा नै ६० वटा वडाहरुमा सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । आइतबार मात्र मिक्वाखोला गाउँपालिका-५ पापुङमा सडक पुगेसँगै ताप्लेजुङको सबै वडामा यातायताको पहँज पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार