भित्तगौँडाको चट्टानी भाग छिचोल्ने कार्य सुरु
नेपालबहस संवाददाता
माघ १८, २०७८ मंगलबार १९:२९:४१
सुरेश परियार
१८ माघ, हुम्ला । पूर्वधार विकास कार्यालय हुम्लाले खार्पुनाथ-च्वाखोला-टापुलेख जोड्ने सडकअन्तर्गत सिमकोट गाउपालिका-२ ठेहेस्थित भित्तगौँडाको कडा चट्टानी भाग छिचोल्ने कामले तीव्रता पाएको छ । असोज २०७६ मा सम्झौता भएको यस सडकक्षेत्रमा ठूलो चट्टानी भाग छिचोल्ने कामले दुई वर्ष बितेपछि तीव्रता पाएको हो ।
सडक निमार्णका लागि लामो समयदेखि विस्फोटक पदार्थको अभावले सिमकोट-२ मा रहेको भित्तगौँडाको सडक निमार्णको काम रोकिएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिए ।
खार्पुनाथ-च्वाखोला-टापुलेख जोड्ने सडकअन्तर्गत थत भित्तगौँडामा चार मिटर कडा चट्टान छिचोल्न १५ महिनापछि विस्फोटक पदार्थ बल्ल उपलब्ध गराउन सफल भएपछि काम अगाडी बढेको कार्यालय प्रमुख ऐडीले बताए ।
हिमाली जिल्ला हुम्लामा हिउदको मौसमी वर्षा, हिमपात, कोभिडजस्ता समस्या आएपछि निर्माण सामग्री उपलब्ध गराउन ढिला भएकाले काममा ढिला भएको कार्यालय प्रमुख ऐडीले बताए ।
कार्यालय प्रमुख ऐडीका अनुसार भित्तगौँडाको कडा चट्टानी भाग अबको दुईरतीन महिनाभित्रै छिचोलेर सकिनेछ । यो क्षेत्रमा अझ कडा चट्टान भएकाले काम गर्न कठिनाइ भएको छ । चट्टानी भाग छिचोल्ने काम ढिलासुस्ती भएपछि स्थानीयलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ ।
१४ माघ २०७८ हुम्लास्थित नेपाली सेनाको दश जनाको टोली गएर फिस्फोट गरेको भए पनि अझै भिर विस्फोटन गर्न समय लाग्ने उनले बताए ।
चट्टानी भाग छिचोल्ने कार्य भईरहेकाले सिमकोट गाउँपालिका( १ र २ र खार्पुनाथ गाउँपालिका(५ का ताक्ला, बाम्टाका नागरिकलाई आवतजावतमा समस्या निम्तिएको साथै खार्पुनाथ शिवालय त्यही ठाउँमा रहेकाले तिर्थालुदेखी दाहासंस्कारको लागि पनि समस्या भएको ठेहेका नागरिक जडिबुटी व्यवसाय संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार