यसकारण बढ्याे पेट्रोलियम पदार्थको मूल्य, सरकारको दायित्व खै ?
नेपालबहस संवाददाता
माघ २२, २०७८ शनिबार २२:३५:५७
२२ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर प्रति ब्यारेल ९१ डलर पुगेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउन बाध्य भएको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।
विश्व बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेव्रुअरी १ तारिखमा नयाँ मूल्यसूची पठाएको छ । पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
बिगतमा सत्तामा बिराजमान र शक्तिशाली पहुँचवालहरूको लागि ‘नेपालको कुवेत’ मानिएको नेपाल आयल निगमल गत माघ १८ गते मध्यराती मूल्यबृद्धि गरेर पेट्रोलियम पदार्थको दाम आजसम्मकै सबभन्दा महँगो प्रतिलिटर रू १४२ पुर्याएको छ । तैपनि भारतको भन्दा झन्डै ३२ रुपैयाँ प्रतिलिटर सस्तोमा दिनुपरेकोले निगम पेट्रोलमा १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ प्रतिलिटरका दरले घाटामा भएको र १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहने बताईरहेको छ ।
मूल्य स्थिरीकरण कोषमा निगमले आफ्ना सबै बिक्रीको १ प्रतिशत रकम जम्मा गर्छ । उक्त कोषमा करिब १२ अर्ब रुपैयाँ बचत रहेको र पछिल्लो पटक निगमले यसमा एक अर्ब ८० करोड रुपैयाँ बुझाएको तथ्याङ्क छ । वित्तीय कठिनाई परेको अवस्थाका लागि राखिएको मूल्य स्थिरीकरण कोषको बचत सञ्चालन गर्न समेत निगम चुकिरहेको छ । तैपनि सरकारी वेवास्ता र व्यवस्थापनमा हुने गरेका अनेकौं विकृति, विसंगति, अनैतिकता र छाडापनले निगमलाई सँधै रुग्ण बनाईरहेको हो ।
करिब दुई हप्ताअघि निगमको भनाई अनुसार यो आर्थिक वर्षको विगत ६ महिनामा १९ अर्ब रुपैयाँ घाटा भोगिसकेको र हाल १५ दिनमा पेट्रोलबाट ४२ करोड ७९ लाख रुपैयाँ, डिजलबाट ७९ करोड ९९ लाख रुपैयाँ र चुलाको ग्यासबाट ११४ करोड ८६ लाख नोक्सान हुने अवस्था देखिएको छ । निगमले गत मंसिरको अन्तिम तथा पुषमा ७० हजार किलोलिटर पेट्रोल, एक लाख ९३ हजार किलोलिटर डीजल र ४९ हजार ८०० मेट्रिक टन चुलो ग्यास, एलपीजी हवाई इन्धन १४ हजार किलोलिटर र मट्टितेल १,५८० किलोलिटर आयात गरेको र त्यसको लागि २६ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी गरेको थियो । त्यसैगरी गत आर्थिक वर्षमा मात्र चार लाख २९ हजार मेट्रिक टन चुले ग्यास आयात भएको थियो । त्यति ग्यासले करिब तीन करोड २० लाख सिलिन्डर भर्न पुग्छ ।
भारतसँग आयल निगमले ८४ रुपैयाँमा किनेको पेट्रोललाई निगमले उपभोक्तालाई प्रतिलिटर १४२ रुपैयाँमा बेच्ने गर्छ । तर त्यसमा सरकारले लिने विभिन्न प्रकृतिका राजश्व नै ५८.४८ पैसा जोडिदा निगम घाटामै हुने गरेको हो । मट्टितेल र हवाई इन्धनमा भने हालको मूल्यमा निगमलाई १५ दिनमा करिब २१ करोड रुपैयाँ फाइदा हुने हिसाब छ ।
खाना पकाउने ग्यासमा स्वचालित मूल्य निर्धारण प्रणाली लागु नभएको, आम उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य नबढाउँदा सबभन्दा धेरै घाटा भोग्नुपरेको र निगमलाई प्रतिसिलिन्डर झन्डै ५६० रुपैयाँ घाटा हुँदा ग्यासबाट मात्र १५ दिनमा करिब एक अर्ब रुपैयाँको घाटा हुने निगम दावी गर्छ । नयाँ मूल्यमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पु¥याईएको छ । निगमको बीमा शुल्क, प्रशासनिक एवं बिक्री खर्च, प्राविधिक नोक्सानीको लागि प्रतिलिटर १.७७ रुपैयाँ जोडिन्छ । रक्सौलदेखि काठमाडौंसम्मको ढुवानी लागत ५ रुपैयाँ ११ पैसा थपिन्छ ।
पाईप–लाईनद्वारा नेपाल भित्रिएको पेट्रोलमा प्रतिलिटर रू ५८.४८ सम्पूर्ण सरकारी राजश्व र मूल्य अभिवृद्धि कर (भ्याट) थपिन्छ । त्यतिमात्र कहाँ, भन्सार, सडक मर्मत–संहार, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क पनि थोपरिएको छ ।चुहावट, सुखती आदि पनि थपिन्छ । कर्मचारी दरबन्दीभन्दा माथि ओभर स्टाफ, साबुन भत्ता, ड्रेस भत्ता, ओभरटायम भत्ता, बैठक भत्ता जस्ता अनेकौं दायित्वहरू तेलकै मूल्यमा गाभिन्छन् । त्यसमाथि कर्मचारीको बोनस, अनेकौं शिर्षकका अबाञ्छित खर्च पनि मूल्यमै थोपरिने हो ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै जानु एउटा स्वाभाविक कारण हो । पेट्रोलियम पदार्थको मूल्य अझै बढ्दो क्रममा रहेको छ । अझ खराब अवस्था विरुद्ध तयारीको लागि सडक मर्मत–संहार, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क स्थगित गरी भन्सार, राजश्व र मूल्य अभिवृद्धि कर घटाउनुपर्ने देखिन्छ । तेलमा लगाइने करमा सरकार केही लचिलो हुँदा पनि उपभोक्तालाई उल्लेख्य लाभ दिन सकिन्छ । जलविद्युतमा आत्मनिर्भर हुने हैसियतमा पुगेको नेपाल, तर दैनिक अनिवार्य उपभोगको लागि सर्वसाधारणलाई विद्युतमा आश्रित बनाउन सरकारले वास्तै गरेको छैन ।
हाल नेपालमा १३ सय मेगावाट विद्युत उत्पादन र आपूर्ति पनि भइरहेको विद्युत प्राधिकरणबाट थाहा भएको छ । माग पनि यति नै छ । तर विद्युतको कुनै भरोसा हुँदैन । बिनाकारण र अनायास विद्युत आपूर्ति रोकिएर उपभोक्ताले धोका खानु अब नियमित आकष्मिकताको घटना भईरहेको छ । त्यसैले खाना पकाउन, कोठा न्यानो राख्नजस्ता जरुरी आवश्यकताको लागि पनि पेट्रोलियम पदार्थ (ग्यास, मट्टितेल आदि) मा निर्भर हुन जनता बाध्य छन् ।
निगमलाई स्खलित र संकटग्रस्त बनाएको खासकारण उपभोक्ता मूल्यमा भएकाे घाटा हो भने अहिलेकै मूल्यमा पेट्रोल प्रतिलिटर दुई सयको दरले बेच्नुपर्नेे प्रायः निश्चित देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार