दुर्गा प्रसाईलाई कानुनी कारवाही गर्न पत्रकार महासंघको माग
नेपालबहस संवाददाता
माघ २२, २०७८ शनिबार २३:२:५१
२२ माघ, झापा । नेपाल पत्रकार महासंघले झापास्थित बीएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।
अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि निर्देशक प्रसाईंले पत्रकार सम्मेलन गरेर पत्रकारलाई सार्वजनिक रूपमा धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम भएको महासंघको भनाई छ ।
महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईंले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न २०७८ माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बदनामसँगै पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए ।
महासंघले विज्ञप्ति जारी गरी पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ । “कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ, यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनाका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो”, महासंघको विज्ञप्तिमा भनिएको छ ।
यसअघि महासंघ केन्द्रले पनि एक विज्ञप्ति जारी गरी पत्रकारलाई धम्की दिने प्रसाईलाई कारवाहीको माग गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार