कहाँ छन् बलिउड अभिनेता राजकिरण ?
नेपालबहस संवाददाता
माघ २२, २०७८ शनिबार २३:११:७
२२ माघ, काठमाडौं । बलिउड फिल्म ‘बुलन्दी’, ‘कर्ज’, ‘घर हो तो ऐसा’, ‘तेरी मेहरबानियाँ’लगायत सुपरहिट फिल्ममा अभिनय गरेका अभिनेता राजकिरण वर्षौदेखि गुमनाम छन् । राजकिरण ८० को दशकका प्रायः हरेक फिल्मको हिस्सा हुन्थे । एकसमय सूर्यको किरण जस्तै चम्किएका उनको जिन्दगीमा कहिलेबाट अध्यारोले छोयो कसैलाई थाहा छैन ।
राजकिरण जबसम्म फिल्ममा थिए, उनलाई सबैले स्वागत गर्थे । तर, जब उनले फिल्मबाट सम्बन्ध तोडे, त्यही बेला फिल्म उद्योगका मानिसले राजलाई आफ्नो जीवनबाटै निकाले । राजलाई जुन समयमा आफ्नो परिवारको बढी आवश्यकता थियो, त्यो समयमा उनीसँग कोही थिएनन् । अर्थात उनको परिवारले नै उनलाई छोडिसकेका थिए ।
राजले आफ्नो करियरमा एक सयभन्दा बढी फिल्ममा काम गरे । उनले सहायक र मुख्य अभिनेताका रुपमा ती फिल्ममा आफ्नो कौशल देखाए । उनी निकटका अनुसार अहिले उनी ‘पागल’ भइसकेका छन् । उनको पुरा नाम राजकिरण मेहतानी हो । भारतमा उनका फ्यानले उनलाई कैयौं वर्षदेखि ‘बेपत्ता’का रुपमा सम्झिएका छन् । किनकी उनको बारेमा धेरै जानकारी कोहीसँग पनि छैन ।
राजकिरणलाई आफ्नो करियरको उतारचढावको बेला ‘डिप्रेसन’ भएको थियो । यही समयमा उनको परिवारले उनलाई वास्ता गरेनन् । त्यही समयदेखि उनले आफ्नो मानसिक सन्तुलन गुमाए । वर्षौअघि दीप्ति नवलले उनलाई अमेरिकामा ट्याक्सी चलाउँदै गरेको अवस्थामा भेटेका थिए । सन् २०११ मा ऋषि कपुरले राजकिरण अमेरिकाको पागलखानामा रहेको पत्ता लगाएका थिए ।
राजकिरणकी पत्नीले पनि पति कैयौं वर्षदेखि गुमनाम रहेकाले उनको खोजी भइरहेको बताएकी थिइन् । राजकिरण पछिल्लोपटक शेखर सुमनको सिरियल ‘रिपोर्टर १९९४’मा देखिएका थिए ।
कतिपयले फिल्म नपाएको कारण उनी डिप्रेसनमा गएको बताइरहेका छन् भने कतिपयले उनको परिवारले राजकिरणको सबै सम्पत्ति हडपेको दाबी गरिरहेका छन् । तर सत्य के हो अझै खुल्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार