टिएमजेका वनपाखा सेताम्यै चाँदीझैं
नेपालबहस संवाददाता
माघ २४, २०७८ सोमबार १८:४५:२१
♦ प्रकाश पाक्साँवा
२४ माघ, तेह्रथुम । पूर्वी नेपालको तेह्रथुम,संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र तिनजुरे मिल्के जलजले ‘टिएमजे’ मा कोही सेल्फी लिँदै त कोही हिउँमा रमाइरहेको पाइन्छ । पर्दै गरेको हिउँमा सयौ पर्यटकहरू खेल्ने गरेका छन् ।
गुराँसको राजधानीको रूपमा परिचित टिएमजेका वनपाखा सेताम्यै भएर चाँदीझैं देखिएका छन् । पर्यटकहरूको आगमनले पर्यटन व्यावसायसमेत फस्टाएको छ । पूर्वी तराई तथा भारतको विभिन्न क्षेत्रबाट हिउँ खेल्नकै लागि सयौं आउने गरेका छन् ।
विशेष गरी यसक्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा पर्यटकहरूको चाप बढ्ने गरेको छ । विगतका वर्षभन्दा यस वर्ष अत्यधिक हिउँ परेका कारण यहाँको पर्यटन व्यावसाय फस्टाएको छ । कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटन व्यावसाय हिउँ पर्न थालेसँगै फस्टाएको पर्यटन व्यावसायीहरूले बताउने गरेका छन्।
जमेको हिउँमा रमाइरहे पनि पर्दै हिउँमा रमाएको पाएको पहिलोपटक भएको तिमी कस्को चलचित्र सुटिङका लागि तिनजुरे पुगेका कलाकार अर्जुन थापाले बताए । उनी भन्छन्:- ‘हिउँमा रमाउनु छुट्टै कुरा छ । तर,पर्दै गरेको हिउँमा रमाउनु पाउनु जो कोहीको भाग्यमा हुँदैन । जो मैले अनुभूति गर्न पाएँ ।’
पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ बनेका छन् । पर्यटकहरूको बाक्लो आगमनले होटल व्यावसायी उत्साहित बनेका छन् ।
कोरोनाले सुस्ताएको पर्यटन व्यवसाय हिउँ परेपछि फस्टाएको टुटे देउरालीका होटल व्यावसायी श्री कार्कीले बताए । उनी भन्छन्:- ‘हिउँ परेसँगै हाम्रो व्यावसाय फस्टाएको छ । यहँका आएका पर्यटकहरूलाई धान्न मुस्किल बन्दै आएको छ ।’
हिउँ परेको सुन्नेवित्तिकै पुर्बी तराईबाट पर्यटकहरू साना तथा ठूला सवारी साधन रिजर्भ गरेर आउने गरेका छन्। हिउँ परेसँगै जाडोले यहाँको जनजीवन भने कष्टकर बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार