बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा
नेपालबहस संवाददाता
माघ २५, २०७८ मंगलबार १७:२७:२१
२५ माघ, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२०औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजना गरिएको हो ।
कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समले कविता, नाटक, कथा लगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको बताए । उनले भने, ‘नेपाली वाङ्मयका प्रायः सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको छ तर विशेष गरी नाटकका क्षेत्रमा समको योगदान अतुलनीय छ ।’
सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’का बारेमा चर्चा सम पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको बताए ।
साहित्य ९पद्य÷काव्य० विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेलले स्वागत मन्तव्यका साथै कार्यक्रमको विषयवस्तुबारे प्रकाश पारे । पौडेलले भने, ‘नाटक लेखन, कविता लेखनका साथै नाटक निर्देशन र अभिनयमा समेत समको विशिष्ट योगदान रहेको पाइन्छ । समको नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान रहेको छ ।’
साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा। देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गरे ।
नेपाली शिक्षा परिषद्की अध्यक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य रमा शर्माले नेपाली साहित्यका विशिष्ट साधक बालकृष्ण समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार