भिन्न राजनीतिक विचार र सिद्धान्त भएका दलहरुबीच चुनावी गठबन्धन आवश्यकता की स्वार्थ ?
नेपालबहस संवाददाता
माघ २५, २०७८ मंगलबार २०:२१:४६
♦एसएन विशाल
२५ माघ, पोखरा । राजनीतिक दलहरुका बीचमा हुने गठबन्धनको विशेष पृष्ठभूमि र धरातल हुन्छ । राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि भिन्न विचारधारा भएका राजनीतिक दलहरु विभिन्न अवस्थामा मिलेको देखिन्छ र मिल्छन् पनि ।
छिमेकी देश भारतको उदाहरण हेर्दा पनि जब जब देशमा संकट आइपर्छ, राजनीतिक शक्तिहरु एक ठाउँमा आएर सहकार्य गरेको देखिन्छ। बेलायतले भारतमा ‘फुटाउ र राज गर’ को नीति लिएको थियो । त्यही नीतिका कारण उसले लामो समय भारतमा राज गरेको हो । तर, सबै राजनीतिक शक्तिहरु मिलेपछि मात्रै भारतबाट अंग्रेज हटाउने अभियान सफल बनेको हो । चीनमाथि जापानले आक्रमण गर्दा चीनका राजनीतिक शक्ति एकै ठाँउमा आएर जापानविरुद्ध लडेका थिए ।
नेपालकै उदाहरण हेर्ने हो भने पनि संकटका बेला भिन्न विचार र सिद्धान्त भएका राजनीतिक शक्ति एक ठाउँमा आएका छन् । २०४६ सालको जनआन्दोलनमा कांग्रेस र संयुक्त बाममोर्चा मिलेर आन्दोलन गरेका थिए । परिणाम स्वरुप आन्दोलनले ३० बर्से पञ्चायती शासन व्यवस्थाको अन्त्य भएर प्रजातन्त्र पुनःस्थापित भएको हो । २०६२/०६३ सालको जनआन्दोलनमा तत्कालीन सात दल र माओवादी मिलेका हुन् । त्यही आन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गरेको हो ।
देउवालाई प्रधानमन्त्री हुन मन लागेर नेकपा फुटाएर सरकार गठन गरेको हो र ? नेकपाभित्रको अन्तरकलहले भयावह रुप लिएर पार्टी विभाजन हुने अवस्था आइपरेर प्रचण्ड र नेपाल कांग्रेसको शरणमा आइसकेपछि देशलाई कांग्रेसले सम्हालेको हो ।
त्यसैले राजनीतिक दलहरु किन मिल्छन् भन्ने विषय आफैमा गम्भीर प्रश्न हो । राष्ट्रियता, देशको अस्मिता, स्वत्रन्त्रता, राष्ट्रिय अखण्डता वा सार्वभौमसत्तामाथि खतरा उत्पन्न भएको अवस्थामा विश्वका धेरै मुलुकहरुमा सबै शक्ति एक हुने गरेका छन् । तर, नेपालको वर्तमान अवस्थालाई हेर्ने हो भने अहिले नेपालमा त्यस्तो गम्भीर राष्ट्रिय विपत्ति पनि केहि देखिँदैन । त्यसैले राष्ट्रियताको रक्षा गर्न भनि मिलेर लड्नुपर्ने अवस्था नै छैन । यी सबै उदाहरण हेर्दा र त्यसको पृष्ठभूमि केलाउँदा राष्ट्रको भलाईको लागि कहिलेकाहीँ सहकार्य र गठबन्धनको आवश्यकता पर्छ। तर, अहिले भिन्न राजनीतिक विचार र सिद्धान्त भएका दलहरुबीच चुनावी गठबन्धन आवश्यक छैन् ।
पछिल्लो समय पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरता बारेमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्रै दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् ।
तर, इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ ।उनले कतिपय इतर समूहकै नेताहरुले आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने समेत बताउँदै आइरहेका छन् । कांग्रेस महामन्त्रीमा निर्वाचित युवा नेता गगन थापाले पनि आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग गठबन्धन गरेर नजाने र एक्लै भिड्ने बताउँदै आइरहेका छन् ।
यो गठबन्धन निर्माण हुनासाथ कांग्रेसका लागि ओलीसँगको तिक्तता सकियो । यसको अर्थ पाँच दलीय गठबन्धनले उद्देश्य प्राप्त गरिसकेको छ । यस्तो अवस्थामा चुनावी गठबन्धन किन आवश्यक पर्यो ? माओवादीसँग कांग्रेसको विचार र सिद्धान्त मिल्दैन । माधव नेपाल नेतृत्वको पार्टीसँग पनि कांग्रेसको विचार र सिद्धान्त अमिल्दो नै छ ।
कांग्रेसले नीति, विचार र सिद्धान्त मिल्ने शक्तिसँग चुनावी गठबन्धन गर्न सक्छ। तर, कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्न आवश्यक छैन । समन्वयको सूत्रले सबैलाई एकताबद्ध बनाएर अघि बढ्ने हो भने कांग्रेसले गैह्रलोकतान्त्रिक शक्तिहरुसँग चुनावी गठबन्धन गर्नुपर्ने तार्किक र सैद्धान्तिक आधार केही पनि देखिँदैन।
अहिले प्रचण्ड, माधव नेपालहरु किन कांग्रेससँग गठबन्धन गर्ने अवस्थामा आइपुगे ? उनीहरु केपी ओलीसँग केही उपाय नचलेपछि कांग्रेसको शरणमा आइपुगेका होइनन् र ? त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री बन्न चाहेको हो र ? देउवालाई प्रधानमन्त्री हुन मन लागेर नेकपा फुटाएर सरकार गठन गरेको हो र ? नेकपाभित्रको अन्तरकलहले भयावह रुप लिएर पार्टी विभाजन हुने अवस्था आइपरेर प्रचण्ड र नेपाल कांग्रेसको शरणमा आइसकेपछि देशलाई कांग्रेसले सम्हालेको हो ।
राजनीतिक परिस्थितिले देउवालाई प्रधानमन्त्री बन्ने ठाउँमा पुर्याएको हो। अहिलेको राजनीतिक परिदृश्यलाई नियाल्ने हो भने कांग्रेसले प्रमुख प्रतिपक्षीसँग धेरै दूरी बढाउन हुँदैन । संसद खुलाउने सन्दर्भमा होस् वा अन्य राष्ट्रिय महत्वका मुद्दामा नै किन नहोस् ओलीसँग दूरी बढाएर कसैलाई फाइदा पुग्दैन । त्यसैले सबै दलसँग समदूरीको सम्बन्ध राखेर निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गरि अघि बढ्दा नै कांग्रेस र देशका लागि हितकर हुनेछ।
विचार र सिद्धान्त मिल्नेसँग निर्वाचनमा गठबन्धन गर्न सकिन्छ । प्राथमिकता मिल्ने दलसँग गठबन्धन गर्दा कसैले आपत्ति जनाइरहन पर्दैन । तर चुनावकै लागि गठबन्धन गर्नुको कुनै औचित्य छैन । कांग्रेसले नीति, विचार र सिद्धान्त मिल्ने शक्तिसँग चुनावी गठबन्धन गर्न सक्छ। तर, कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्न आवश्यक छैन । समन्वयको सूत्रले सबैलाई एकताबद्ध बनाएर अघि बढ्ने हो भने कांग्रेसले गैह्रलोकतान्त्रिक शक्तिहरुसँग चुनावी गठबन्धन गर्नुपर्ने तार्किक र सैद्धान्तिक आधार केही पनि देखिँदैन।
माओवादी, मधेशकेन्द्रित दल सबैको दृष्टिकोण, नीति र सिद्धान्त अलग हुँदाहुँदै पनि गठबन्धनको बैशाखी टेकेर हिड्न खोजे पार्टीको भविष्य दाउमा पर्न सक्छ। २०६३ सालको जनआन्दोलनमा गरिएको गठबन्धन तत्कालीन आवश्यकता थियो । संविधान बनाउन गरिएको सहकार्य पनि तत्कालीन राष्ट्रिय आवश्यकता थियो । ०४६ सालको जनआन्दोलन कांग्रेसले एक्लै थालेको हो।
के कांग्रेसले अब एकल बहुमतको सरकार बनाउन नसक्ने नै हो र ? निर्वाचनमा एक्लै जाने हिम्मत गर्नुपर्छ। पार्टीको नीति, विचार, सिद्धान्त र एजेन्डा लिएर निर्वाचनमा होमिनुपर्छ । मौलिक धरातलमा उभिएर आगामी बाटो तय गर्न नसके या अहिले गठबन्धन गरेर अघि बढ्ने हो भने कांग्रेस एक्दै हिँड्न सक्छ भन्ने आत्मविश्वास नयाँ पुस्तासँग रहन्न ।
२०५६ सालदेखि कांग्रेसको एकल सरकार बनेको छैन । २०७४ सालको निर्वाचनमा बाम गठबन्धन गरेर र पछि पार्टी एकता गरेर केपी ओलीको एकल सरकार बनेको थियो । त्यसैले अघिल्लो निर्वाचनमा गुमेको शाख फर्काउने सुनौलो मौका पनि छ। स्थानीय, प्रदेश र संसदको निर्वाचन एक्लै लडेर गुमेको शाख फर्काउने हिम्मत कांग्रेसले किन नराख्ने ? तीन तहका निर्वाचन एक्लै लडेर शाख फर्काउने अवसर हामीले गुमाउनु हुँदैन । त्यसैले यी सबै कुराहरुलाई दुृष्टिगत गदै नेपाली कांग्रेसको पहिचान, छवि, चिनारी र मौलिकता जे हो, त्यसलाई जोगाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार