स्मार्टडोकोले ल्यायो ‘भ्यालेन्टाईन्स डे’ विषेश ‘डोको भरि माया’ योजना
नेपालबहस संवाददाता
माघ २५, २०७८ मंगलबार २०:२८:५२
२५ माघ, काठमाडौं । भ्यालेन्टाईन्सको अवसरमा स्मार्टडोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ । यस अवसरमा स्मार्टडोका ग्राहकहरुले आफ्ना प्रियजनहरुका लागि प्रेमपुर्वक उपहारहरु जस्तै परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२ प्रतिशतसम्मको छुट पाउन भएका छन् ।
यस अवसरको अवधिमा स्मार्टडोकोसँग किनमेल गर्नुहुने ३ भाग्यशाली ग्राहकहरुले २५०० को स्मार्टडोको गिफ्ट कार्ड जित्ने अवसर पाउन सक्नेछन् । साथै यस अवसरमा ‘डोको भरि माया ट्याग एण्ड विन गिभअवे’ पनि समावेश गरिएको छ जहाँ ४ भाग्यशाली कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् ।
उपहारहरु निम्न अनुसार रहेका छन्:
१. स्मार्ट हृस्ट ब्यान्ड, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
२. डट एण्ड कि कस्मेटिकस्, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
३. हर्नबुल वालेट र बेल्ट उपहार सेट, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
४. कर्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ९ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।
स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभर र रिङरोडभन्दा बाहिर तथा नेपालका सम्पूर्ण ७७ जिल्लामा निकै कम शुल्कमा सामान डेलिभरीको सुविधा पाउन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार