कस्तो छ तपाईको आजको राशीफल ?
ज्योतिषी: गणेश काफ्ले
माघ २६, २०७८ बुधबार १०:५६:५१
वि.सं.२०७८ साल माघ २६ गते । बुधबार । ईश्वी सन् २०२२ फेव्रुवरी ०९ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–अष्टमी, बिहान १० बजेर १५ मिनेट उप्रान्त नवमी । नक्षत्र–कृतिका, रातको ०१ बजेर ५२ मिनेट उप्रान्त रोहिणी । योग–ब्रम्ह, बेलुकी ०७ बजेर ४० मिनेट उपान्त ऐन्द्र । करण–बव, बिहान १० बजेर १५ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर ०९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान २७ घडी ३३ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- कुनैपनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरु पनि प्रभावित हुनेछन् । व्यावसायमा लगानी गर्दा तत्काल कुनै फाईदा नदेखिए पनि पछीको लागि राम्रो रहनेछ । आर्थिक अवस्था कमजोर हुनेछ भने यही बेलामा रुपैया पैसा माग्नेहरु आउनेछन् । राजनीति तथा सामाजिक काममा जनताको काम गर्दा गर्दै आलोचना गर्नेहरु सक्रिय हुनेछन् । परिवारमा आफन्त तथा जीवनसाथिसँग मनमुटाव बढ्ने योग रहेकोछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यावसायमा अरुदिन भन्दा अली बढी समय खर्चिनु पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ सुख दुःखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाईलेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउन सकिनेछ भने थप लगानी बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने तथा पतिपत्नीबीच बिश्वास बढेर जानेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नोकरिमा पदोन्नती हुनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अबिश्वास बढ्न सक्छ । पढाईलेखाईमा समय दिन नकस्दा अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पती तथा बिलाशी वस्तुहरु जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडी बढ्नेछ भने पतिपत्नीबीच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिने हरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । मायाप्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागर बढ्नेछ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पती तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने नोकरीमा बढुवा हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अली बढी नै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुशि हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार