गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने
नेपालबहस संवाददाता
माघ २८, २०७८ शनिबार २:३९:४९
२८ माघ, पोखरा । गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेको छ । तर, राजपत्रमा भने बिहीबार बल्ल प्रकाशित गरिएको छ । फागुन १ गतेदेखि लागू हुने गरी राजपत्र प्रकाशन गरिए पनि यहाँ यसअघि नै भाडा बढिसकेको छ ।
कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो । भाडा बढाउनका लागि सरकारले सिफारिस समिति नै गठन गरेको थियो । गाडीको प्रकृति अनुसार भाडादर फरक छ ।
एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३.१० रुपैयाँ निर्धारण गरिएको छ । जिपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११.७२ रुपैयाँ लाग्ने छ । सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे दुई रुपैयाँ भाडा दर तोकिएको छ । २० किलोमिटरभन्दा बढी सवार गरेमा भने प्रतिकिलोमिटर साढे दुई रुपैयाँको हिसाब हुनेछ ।
ट्याक्सीमा चढ्दा फ्ल्यास डाउनमा ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क लाग्दैन । दुई सय मिटर कटेपछि प्रति पल्स ९प्रत्येक दुई सय मिटर० मा थप १० रुपैयाँ थपिन्छ भने १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७.५ रुपैयाँ भाडा तिर्नुपर्छ । संघ सरकारले २८ प्रतिशत भाडा बढाएपछि आफ्नो अधिकार क्षेत्रभित्र प्रदेशले भाडा समायोजन गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार