घडेरी सम्याएको माटो थुपारेर ग्रामिण सडकमा अवरोध
नेपालबहस संवाददाता
फागुन ३, २०७८ मंगलबार २०:३५:५९
३ माघ, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घडेरी सम्याएको माटो थुप्रोले ग्रामिण सडक छेकिएको छ । हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा जयराममा घडेरी सम्याउँदा निस्किएको माटोको थुप्रोले जयराम-गोपीटार-गुर्दुम, निङ्लाम-झापा–दाम्ली सडक छेकिएको हो । जयरामका एक स्थानीयको घडेरी सम्याएको माटो सो सडकको जिरो प्वइन्टमा थुपारेर सडक पुरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।
जयराम-गोपीटार-गुर्दुम, निङ्लाम(झापा(दाम्ली सडकको जिरो प्वइन्ट स्थानीय मुनाल कार्कीको जग्गामा पर्छ जुन मध्यपहाडी लोकमार्गकै किनारामा रहेको छ । तर हाल सो सडकलाई बन्द गर्नेरगराउने नियतकै साथ सडकको जिरो प्वइन्टमा माटो थुपारिएको स्थानीय बताउँछन् ।
जयरामस्थित दुधकोसीमा स्थायी पुल बन्नुअघि बेलिब्रिज सञ्चालन गर्ने गरिएको थियो । त्योबेला सोही कच्ची सडकबाट बेलिब्रिजमा पुगिन्थ्यो । सो सडकलाई नदीको गिटी बालुवा निकासीका लागि पनि उपयोग गरिएको थियो । २०६९ सालतिर सोही सडकलाई दुधकोसी किनारबाट गोपीटार–गुर्दुम, निङ्लाम–झापा–दाम्लीसम्म विस्तार गरिएको वडाध्यक्ष राईले बताए ।
हाल हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा र डिकुवाका स्थानीयले उपयोग गर्दै आएको सडकको मुखमा गत माघ अन्तिम साता माटो थुपारेर अवरोध गरिएको हो । थुपारिएको माटो हटाएर सडक खुलाइदिन भन्दै स्थानीय टेकमान राई, रविन राई, लगन राई, सिर्जना राई, चन्द्रबहादुर राई लगायतको १० जनाको टोलीले २ माघमा नगरपालिकामा निवेदन दिएका छन् ।
उनीहरुले अवरुद्ध सडक तत्काल खुलाएर जयरामघुम्ती–गोपीटार–झापा–चंखेपु–कुर्ले सडक विस्तारका लागि समेत बजेट माग गरेका छन् । सो सडकलाई सञ्चालनमा ल्याउनका लागि वैकल्पिक उपायको खोजी सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार