बारामा अवैध जुवा चल्दै, प्रहरी मुकदर्शक
नेपालबहस संवाददाता
फागुन ३, २०७८ बुधबार ३:५:१०
♦आबिद हुसेन
३ फागुन, बारा । बाराको प्रसौनीमा गएको १ महिनादेखि अवैध जुवा चलिरहेको छ । तर जुवा खेलाउने काम रोक्न भने प्रहरी तथा प्रशासनको ध्यान पुग्न सकेको छैन । कलैया मुख्य बजारदेखि पश्चिमपट्टि रहेको प्रसौनी–५ मा फुसको छाप्रो (गोठ) मा २०–२५ जना नेपाली र भारतीयहरु नियमित जमघट गरी कौडा खेल्दै आएका छन् ।
बारामा पछिल्लो समय संगठित रूपमा नै कौडा खेलाउने, चर्को ब्याजमा ऋण दिनेलगायत गतिविधि भइरहेको स्थानीयको भनाई छ । बाराको प्रसौनी गाउँपालिकाको पस्टोका बजारमा प्रहरी प्रशासनको मिलोमतोमा खुल्मखुल्ला रुपले जुवा (कौडा)खेल संचालन भईरहेको हाे ।
जुवाको माहोलका कारण स्थानीय पनि आजित भइसकेका छन् । दिउँसो १ बजेदेखि बेलुका सात बजेसम्म जुवाको खाल चल्ने गरेको स्थानीयले बताए । गाउँका केही व्यक्तिले जुवाबारे सामाजिक सञ्जालमा गरेको पोस्ट भाइरल भएपनि प्रहरी प्रशासनले कुनै कारबाही गरेको छैन । जिल्लाका प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले आफूलाई कौडा खेलबारे जानकारी आएपनि टोली पठाउँदा फेला दावी गरे ।
तर यता जुवा खेलाउने समहुले आफुहरूले बारा प्रशासन र प्रदेश प्रहरीसम्मलाई मिलाएर कौडा खेलाउने गरेकाले केही समस्या भएको अवस्थामा प्रहरी भित्रैबाट जानकारी आउने गरेको हाकाहाकी भन्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक देउवाले सदा पोशाकमा खटाएका घुमुवा संजय जैसवाल र ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक बिन्देश्वर यादवका घुमुवा प्रमोद पटेलले लाखौं रुपैयाँको नजराना बुझी कौडा संचालन गराउँँदै आएको स्रोतले जनाएको छ।
पस्टोकामा संचालनमा रहेको जुवा (कौडा) खेल खेल्नको लागि पर्साको बरगञ्ज, बारा, रौतहट र छिमेकी मुलुक भारतको सीमावर्ती बजार रक्सौल, आदापुर , घोडासहन लगायतका ठााउँहरुका व्यापारी तथा जुवाडीहरु खेल्न आईरहेको स्रोतले बताएका छन् । जुवा खेलाउने समहुमा बारा पन्टोका बेलैंयाका काशमिरी साह तेली, पन्नालाल साह, बारा बरेवाका संतोष साह कलवार, आदापुर रक्शौलका लालुगिरी, रक्शौल मौजेका धर्म जी, पर्सा अलौंका राजकपूर साह, पर्सा नगरदाहाका सुरेश मलाहा लगायत रहेका छन् ।
बीरगञ्ज र कलैयाका सात आठ जनाको एक समूहले साझेदारीमा दैनिक कौडा खेल्ने र खेलाउने गरेका हुन् । त्यसबाट उनीहरूले दैनिक दुई लाखसम्म कमाएर बाँडफाँड गर्ने गरेको स्रोतको भनाई छ । उक्त जुवाको खाल संचालन गरेका व्यक्तिहरुले एकजनाबाट हजारौं रुपैयाँको बोर्ड काटी दिनहुँ ५ लाख देखि १० लाख रुपैयाँसम्म उठाई प्रहरीको माथिल्लो निकासम्म ५० प्रतिशत रकम बुझाउने गरेको एकजना स्थानीयले बताएका छन् ।
‘पहिला सीमापारी आदापुर र रक्सौलमा उनीहरूको समूह खेल्ने र खेलाउने गर्थे । अहिले उता कडाई गरेपछि वारी खेल भइरहेको छ,’ उनले भने, ‘सुरक्षा अधिकारीहरूसित ‘सेटिङ’ मिलाएर भइरहेको छ ।’ कौडाको खेलले थुप्रै घरवारविहीन भएको उनले बताए ।
स्रोतका अनुसार कौडा खालमा पुग्न चारपाङ्ग्रे वा बाइकबाट आएका जुवाडेका लागि ५ सय मिटर परै राख्नुपर्ने व्यवस्था मिलाइएको छ ।उनीहरूको सुरक्षा घेरा तीन तहको बनाइएको छ । कौडाको खालसँगै जमघट (हुल) भएको केही परसम्मको सबै नाकामा सुराकी तैनाथ हुने र अपरिचित पस्न खोजे जुवाखालमा सूचना दिने गरेका छन् । त्यसकारण पनि सुरक्षा निकायले फेला पार्न नसकेको स्रोतको भनाई छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार