कैलाली, कञ्चनपुरमा बन्दको प्रभाव सामान्य
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बुधबार २२:४:१८
४ फागुन, धनगढी । एमसीसीको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव कैलाली, कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । एमसीसीको विरोधमा ६ दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेको थियो ।
प्रहरीका अनुसार कैलाली र कञ्चनपुरका बजार क्षेत्र फाटफुट बन्द छ । बजार क्षेत्रमा विद्युतीय रिक्सा र मोटरसाइकल चलेका छन् भने ठूला सवारीसाधन बन्द रहेका छन् । बजार क्षेत्रबाहेकका स्थानमा भने ठूला सवारीका साधान पनि चलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक रबिन विष्टले बताए । उनका अनुसार कैलालीमा बन्दकर्ताले शान्तिपुर्ण रुपमा प्रदर्शन गरे पनि कुनै अप्रिय घटना भने भएको छैन ।
जिल्ला प्रहरी कार्यादलय कञ्चनपुरका प्रबक्ता सिद्धराज न्यौपानेले पनि जिल्लामा बन्दको सामान्य प्रभाव रहेको बताए । जिल्ला बाहिरबाट आएका सबै सार्वजनिक सवारीलाई कञ्चनपुर भित्र्याइएको उनले बताए । नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना हुन नदिन बिहान ५ बजेबाट नै प्रहरी परिचालन गरिएको उनले बताए ।
सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसमा बिहानी कक्षा सञ्चालन भए पनि दिउँसोको समयमा भने सबै शैक्षिक संस्था बन्द भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार