मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश शाखाको भवन निर्माणको शिलान्यास सम्पन्न
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बुधबार २३:१३:२९
४ फागुन, धनगढी । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान)को सुदूरपश्चिम प्रदेश शाखाको भवन निर्माणको शिलान्यास हर्षोल्लासका साथ सम्पन्न भएको छ । आज भवन निर्माण स्थलमा एक कार्यक्रम गरि शिलान्यास गरिएको हो ।
सडकपेटी एवं सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) व्यक्तिहरुको उद्धार गरि संरक्षण गर्नका लागि मानवसेवा आश्रमको भवननिर्माण गर्न लागिएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै सभामुख अर्जुन बहादुर थापाले मानवसेवा आश्रमको भवन निर्माणको आवश्यकता प्रष्टाए । उनले भने, “यहाँ मानवसेवा आश्रमको भवन निर्माण हुँदै छ । यसले सम्पूर्ण सुदूरपश्चिम प्रदेश बासीको लागि, मानव जातिको लागि एउटा इतिहास सिर्जना गर्दै छ । अब सडकमा कोहि पनि मानिस हुने छैनन्, हेर्नुहोस् त मानवसेवा आश्रमको कति सुन्दर उद्धेश्य छ ।”
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्माण कार्यको लागि सबै जनालाई साथ र सहयोगका लागि अपिल गरे । “हामीलाई थाहा छ, मानव सबै प्राणी भन्दा बौद्धिक छ र मानवले आफ्नो लागि मात्र होइन, अरुको लागि पनि गर्नुपर्छ भन्ने हामी सबैको भावना छ । मानिस सधैँ जीवित रहन राम्रो कार्य गर्न पर्छ । सबैजना सम्मानजनक तरिकाले बाँच्न पाउने समाज निर्माणमा मानवसेवा आश्रमको भूमिका महत्वपूर्ण छ । सबैजनालाई यो भवन निर्माण सम्पन्न गर्नका लागि सहयोग गर्न अनुरोध गर्दछु ।”
“जब मानिस यस संसारमा आउँछ उसको पालन पोषण परिवारको दायित्व हो । तर जब नागरिक संकटमा आउँछ त्यसको जिम्मेवारी सरकारको हुन्छ । हामीले धेरै गर्न नसके पनि यस बर्ष ४० लाख रकम विनियोजन गरेका छौँ । यो सुरुवात हो । हामीले निरन्तरता दिने छौँ । प्रदेशलाई नै सहयोगापेक्षी सडकमानवमुक्त बनाउनका लागि समेत प्रदेशले कार्य योजना अगाडी बढाउने छ ।” उनले थपे ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष फुल राम चौधरीज्यूले मानवसेवा आश्रमको भवननिर्माणको कार्य समाजको अन्धकारमा उज्यालो प्रकाश छर्ने कार्य भएको भावना व्यक्त गरे ।
“हामी जहिले पनि नकारात्मकता तर्फ अग्रसर हुन्छौँ तर अँध्यारोमा उज्यालो छर्न लागेका हुँदैनौँ । मानवसेवा आश्रमको कार्य प्रकाश छर्ने कार्य हो । कम्तिमा थोरै भए पनि केही गर्ने प्रयास हुँदैछ ।”
चौधरीले यस कार्यले भवन निर्माण हुने हाम्रो वडा मात्र नभएर सम्पूर्ण प्रदेश बासीको मनमा उज्यालो छाएको प्रतिक्रिया दिए ।
मानवसेवा आश्रमको सुदूरपश्चिम प्रदेश शाखा हाल धनगढी ५ तारानगरमा घर भाडामा सञ्चालन भइरहेको छ । घर भाडाबाट मुक्त भई सेवाको दीर्घकालिन व्यवस्थापनका लागि वडा नं. १५ (जडीबुटी प्रशोधन केन्द्र सँगै० मा रहेको शिव मन्दिर धार्मिक बनमा भवन निर्माणको शिलान्यास भएको हो । उक्त स्थानमा मनवसेवा आश्रमको भवन मात्र नभएर मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोमञ्जन केन्द्र समेत बन्ने मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी गराए ।
कार्यक्रममा भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका राज्य मन्त्री, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी, कैलाली जिल्लाका, प्रहरी प्रमुख लगायत महत्वपूर्ण समाजसेवी व्यक्तिहरु र स्थानीय गरि करिब ४०० जनाको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार