सत्तारुढ गठबन्धनको बैठक सर्याे, बेलुकी पाँच बजे मात्र बस्ने
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार १८:२:४१
५ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनको दिउँसो तीन बजे बस्ने भनिएको बैठक सरेको छ मन्त्रिपरिषद्को बैठक दिउँसो दुई बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको हो ।
सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु उपस्थित हुनेछन् ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेपछि बैठक बोलाइएको हो । एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लिएको छ । कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा हुबहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन् ।
सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको थियो तर पछि सत्तारुढ अन्य दलको दबाब आएपछि रोकेको थियो । सोही एमसीसीका विषयमा साझा सहमति खोज्नको लागि आज गठबन्धनको बैठक राखिएको हो ।
‘एमसीका विषयमा मन्त्रिपरिषद्को बैठकमा गहन छलफल गरेपछि गठबन्धनको बैठक बस्ने सहमति भएको हो,’ बालुवाटार स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार