देउवाकाे सन्देश– एमसीसी शुक्रबार संसदमा टेवल हुन्छ
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार १८:३९:३०
५ फागुन, काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति बन्ने अवस्था न्युन बन्दै गएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको देउवा र प्रचण्डबीचको बैठकमा दुवै नेता आफ्नो पुरानै अडानमा टसकामस नभएपछि सहमति टाढिएको हो । ‘आजको बैठकमा पनि प्रचण्डले एमसीसी अनुमोदन संघको निर्वाचनपछि सारौं भन्नुभयो । उहाँले कुनै पनि अवस्थामा अहिलेको संसदबाट अनुमोदन गर्नु नहुने धारणा राख्नु भयो,’ बालुवाटार स्रोतले भन्यो ।
जवाफमा देउवाले आफ्नो पार्टीले अनुमोदन गर्ने निर्णय गरिसकेका कारण अब पछि धकेल्न नमिल्ने पुरानै अडान दोहोर्याएका थिए । ‘हाम्रो पार्टीले निर्णय गरिसकेको छ, अब पछि हट्न सकिदैन । भोलीको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल हुन्छ,’ प्रधानमन्त्री देउवाको भनाई उद्धत गर्दै स्रोतले भन्यो ।
सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरेको थियो । प्रतिनिधिसभा बैठकअघि देउवा, पचण्ड र नेकपा एस (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने बताएपछि देउवा पछि हटेका थिए ।
त्यसपछि बिहीबार बिहान बसेको बैठकमा पनि देउवा र प्रचण्डबीच सहमति जुट्न सकेन । एमसीसीका विषयमा बिहीबार बेलुकी पाँच बजे सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच बैठक बस्दैछ ।
एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेको छ । एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लीएको छ । कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा हुबहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार