एमसीसी बिरुद्ध ८ दलीय मोर्चाले आज देशभर संयुक्त प्रदर्शन गर्दै
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार १५:१३:४७
६ फागुन काठमाडौं । अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ८ दलीय मोर्चाले आज देशभर संयुक्त प्रदर्शन गर्दैछन् ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गर्ने लागेको हो । काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको ८ दलीय मोर्चाको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
बिहीबार साँझ जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसी विरोधी आन्दोलनका क्रममा फागुन ४ गते संसद् भवनबाहिर सरकारी दमनबाट घाइते भएकाहरूको निःशुल्क उपचार र हिरासतमा राखिएका आन्दोलनकारीलाई रिहा गर्न माग गरिएको छ । एमसीसी सम्झौता विरुद्धको सङ्घर्ष झन् पेचिलो र सशक्त बन्दै गएको उनीहरुको भनाइ छ ।
अमेरिकी साम्राज्यवादले जबर्जस्ती लाद्न खोजेको एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाको यो सङ्घर्षलाई सफलीभूत बनाउन आम देशभक्त जनसमुदायसँग गहिरो अपिल गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
पदाधिकारी बैठक स्थगित गरी सुकुटे पुगे प्रचण्ड
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
पदाधिकारी बैठक स्थगित गरी सुकुटे पुगे प्रचण्ड
पुष २९, २०८१ सोमबार
नेपाल भारतबीचको संयुक्त सैनिक अभ्यास सम्पन्न
पुष २९, २०८१ सोमबार
अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा
पुष २९, २०८१ सोमबार