ट्विटरका सीईओ बने दोस्रो सन्तानको बाबु, २० हप्ता बिदामा बस्ने
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार १८:३८:१२
६ फागुन, न्युयोर्क । दोस्रो सन्तान जन्मिएपछि ट्विटरका सीईओ पराग अग्रवाल पितृत्व बिदामा बसेका छन् । उनको बिदा गत साता घोषणा गरिएको थियो, तर कहिलेबाट बस्दैछन भन्ने केही प्रष्ट पारिएको छैन् ।
वासिंगटन पोस्टको एउटा रिपोर्ट अनुसार अग्रवालले कम्तिमा २० साता पितृत्व बिदामा बस्छन् । सामान्यतया कम्पनीले यो बिदा दिन्छ ।
वासिंगटन पोस्टसँगको कुराकानीमा कम्पनीकी कर्पोरेट कम्युनिकेसन प्रमुख लाउरा यागेरम्यानले भनिन्, ‘ट्विटरमा हामी अभिभावकीय बिदा लिने कर्मचारीहरूलाई प्रोत्साहन र पूर्ण समर्थन गर्छौ ।’
तर, बिदा मामिला व्यक्तिगत भएको उनले बताइन् । बाल हेरचाहको लागि बिदा लिने परागको निर्णयलाई उनका साथीहरुले स्वागत गरिरहेका छन् ।
कर्पोरेट कम्युनिकेसन विभागका ब्रेन्डन लीले लिंक्डइनमा लेखेका छन्, ‘ट्विटर र हाम्रा सीईओ पराग अग्रवालले यहाँ गरिरहेको नेतृत्वप्रति गर्व छ । सबै अभिभावक आफ्नो परिवारका लागि यो सबैभन्दा विशेष समयको फाइदा उठाउन सक्षम छन् ।’ एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य टिप्स: रोग नियन्त्रण गर्न उपवासको यो विधि उत्तम हुन्छ ?
मंसिर १२, २०८१ बुधबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार