सर्टफिल्ममा रामजीको ‘हनिमुन’ सार्वजनिक
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार २०:२९:५७
६ फागुन, काठमाडौं । रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म हनिमुन सार्वजनिक गरिएको छ । यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ ।
बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको दिन एउटा सानो कारणले झगडाको रुप लिन्छ, जो निकै सामान्य बिषयवस्तु थियो । केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको बिगतलाई एसेप्ट गर्नसक्नुपर्छ अन्यथा उनीहरुको बिगतमा भएका स साना कामलाई कोट्याउँदा त्यसले दाम्पत्य जिवन तनाबपुर्ण तरिकाले अघि बढ्छ भन्ने चलचित्रमा देखाइएको छ ।
निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन् । उनले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन् ।
सार्वजनिक फिल्म हनिमुनमा बिजय अर्यालको आवाज, बिशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान र मिलन श्रेष्ठको सम्पादनमा चलचित्र तयार भएको हो । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।
यो चलचित्र राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । काठमाडांस्थित नक्लासमा रहेको लिसरा रिसेप्सनमा एक भव्य कार्यक्रमकाबीच चलचित्र हनिमुन सार्वजनिक गरिएको हो । यो सर्टफिल्मलाई उपस्थितले राम्रो प्रतिक्रिया दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार