डडेल्धुरामा ६ हजार मतदाता थपिए
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार २२:८:२३
६ फागुन, डडेल्धुरा । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत डडेल्धुरामा ९४ हजार तीन सय १४ को नाम दर्ता भएको छ। शुक्रबार जिल्ला सदरमुकाममा छैटौं निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सो तथ्यांक सार्वजनिक गरेको हो।
२०७८ असारसम्मको मतदाता संख्या जिल्लामा ८८ हजार ४५ जना थियो। जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्य सुरू गरेपछि नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।
पछिल्लो तथ्यांक हेर्दा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा ६ हजार दुई सय ६९ मतदाता संख्या थपिएको हो। जिल्लाको अमरगढी नगरपालिकामा १४ हजार आठ सय दुई, परशुराम नगरपालिकामा २२ हजार तीन सय २७ जना मतदाता रहेको निर्वाचन अधिकारी अवस्थीले बताए।
उनका अनुसार अजयमेरू गाउँपालिकामा १२ हजार दुई सय ६३, आलिताल गाउँपालिकामा ११ हजार दुई सय ७६, गन्यापधुरा गाउँपालिकामा १० हजार नौ सय ५८, नवदुर्गा गाउँपालिकामा १३ हजार ६ सय ८० र भागेश्वर गाउँपालिकामा नौ हजार आठजना मतदाता छन्।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र छन्। जसका लागि मतदानस्थल ८० र मतदान केन्द्र एक सय १० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको कुल जनसंख्या एक लाख ३९ हजार चार सय २० रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार