साँढे तीन करोडमा गुम्बा शिलान्यास
नेपालबहस संवाददाता
फागुन ७, २०७८ आइतबार १:२७:४
७ फागुन, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा गुम्बा शिलान्यास गरिएको छ । साँढे तीन करोडमा बन्ने छ्याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा शनिबार प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले शिलान्यास गरेका छन् ।
गाउँपालिकाको केन्द्र बाक्सिला बजारमा रहेको पुरानो र सानो गुम्बाको ठाउँमा ठूलो र व्यवस्थित गुम्बा बनाउन लागिएको हो । गुम्बा निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने र डिपिआर तयार पारेर निर्माणको काम सुरु गरिने छ्याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मनकुमार गुरुङले बताए ।
नवनियुक्त मन्त्री राईलाई सम्मान
गाउँपालिकाको केन्द्र बाक्सिलामा बौद्ध गुम्बा शिलान्याससँगै नवनियुक्त मन्त्री राईलाई सम्मान कार्यक्रम राखिएको थियो । केपिलासगढी गाउँपालिका–३ बासपानी घर भएका नवनियुक्त मन्त्री राईलाई विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकले फेटा, दोसल्ला र खादा ओढाएर सम्मान गर्दै बधाई दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार