मुख्यमन्त्रीले बेलायती राजदूतसँग भने- दीगो पर्यटनमा सघाइदिनुस्
नेपालबहस संवाददाता
फागुन १०, २०७८ मंगलबार १६:४३:२९
१० फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले गण्डकीको विकासको प्रमुख आधार पर्यटन भएकोले यसको विकास अपरिहार्य रहेको बताए ।
बेलायतले नेपालको विकासमा धेरै पहिलेदेखि सहयोग गर्दै आएकोमा पोखरेलले प्रशंसा र धन्यवाद दिए । उनले गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवर्द्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकास जस्ता क्षेत्रमा सहयोग गरेको उल्लेख गरे ।
जलवायु र पर्यटनमा थप सहयोग गर्न पोखरेलको आग्रह छ । नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध कायम भएको थियो । त्यसपछि नेपाली युवाहरु बेलायती सेनामा भर्ती भएर विभिन्न देश पुगेका छन् ।
बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकुलन र पर्यटन प्रवर्द्धनमा बेलायतको प्रमुख चाँसो रहेको बताइन् । उनी सोमबार बिहान साइक्लिङ गरेर पोखरा घुमेकी थिइन् । ‘पोखरा सुन्दर छ । यसको व्यवस्थित विकास अझै आवश्यक छ,’ उनले भनिन्, ‘त्यसमा बेलायतको तर्फबाट आवश्यक सहयोगका लागि तत्पर छु ।’
दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न दुवै सरकारले पहल गर्नुपर्ने उनको जोड छ । संघीय शासन प्रणाली लागू भएपछिको अवस्था र प्रदेश सरकारको अनुभवका बारेमा जिज्ञासा राखेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार