३० प्रतिशतले बढ्यो निर्यात
नेपालबहस संवाददाता
फागुन १०, २०७८ मंगलबार २१:१८:२८
१० फागुन, काठमाडाैँ। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ। भन्सार विभागद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
सात महिनामा रु एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। गत आवको सोही अवधिमा नेपालबाट रु ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो।
चालु आवको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ। सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै रु ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको छ। तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो।
निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । सोही अबधिमा रु एघार खर्ब बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ।
चालु आवको सात महिनामा नेपालको रु १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ। गत आवको सोही अवधिमा नेपालको रु सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो। यस्तैगरी चालु आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ। यस अवधिमा रु १२ खर्ब ७९ अर्ब १२ करोड चार लाख बराबरको पुगेको विभागले जनाएको छ। तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो।
सोही अवधिमा नेपालमा १४५ देशबाट रु ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ। तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। सात महिनामा नेपालले भारतबाट रु छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात भएको छ भने रु एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ।
नेपालको भारतसँग मात्रै रु पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख बढीको व्यापार घाटा व्यहोरेको छ। भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट सात महिनामा रु एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाख बराबरको आयात भएको छ भने रु ४८ करोड ७९ लाख १५ हजारको मात्र निर्यात भएको छ। चीनसँग मात्र रु एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख बराबरको व्यापार घाटा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण
असोज ६, २०८१ आइतबार
सत्ता पक्षका सांसदको असहमतिबीच पारित भयो सुदूरपश्चिम सरकारको बजेट
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
असोज ८, २०८१ मंगलबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार