इलामको सुकिलुम्बा विमानस्थलमा ताराको व्यावसायिक उडान सुरु
नेपालबहस संवाददाता
फागुन ११, २०७८ बुधबार २१:४०:५६
११ फागुन, काठमाडाैँ। यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ। फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो।
तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो। पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएशन अफ नेपालका उपाध्यक्ष विनायक शाहसहित पर्यटन व्यवसायीको १४ जनाको टोली उडानमा सहभागी थियो।
६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको उक्त विमानस्थलमा पक्की धावनमार्ग बन्नुअघि विस २०७५ जेठ २१ गते तारा एयरले पहिलो परीक्षण उडान गरेको थियो।
तारा एयरले आइतबार र बिहीबार हप्तामा दुई दिन नियमित उडान गर्ने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए। उक्त एयरले काठमाडौँ इलामका लागि रु आठ हजार ७०० भाडादर कायम गरेको छ। उडानको समय भने एक घण्टा लाग्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस सुरू
माघ ९, २०८१ बुधबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
माघ १०, २०८१ बिहिबार
२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु
माघ १०, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार