भन्सार विभागमा इ-पेमेन्टबाट पहिलो महिनमा ७.४ अर्बको कारोबार
नेपालबहस संवाददाता
फागुन ११, २०७८ बुधबार २२:३४:१५
११ फागुन, काठमाडाैँ। नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ। उक्त डिजिटल संकलनको व्यवस्था १ पौष २०७८ देखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट सुरुवात गरी १२ माघ २०७८ अर्थ मन्त्रिबाट औपचारीक उद्घाटन गरी देशभरीका सबै भंसार कार्यालयहरुमा कार्यान्वयन गरिएको थियाे।
यसरी भंसार विभागको प्रज्ञापन पत्र सम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलहरुसँग जोडी विद्युत्तिय माध्यमबाट संकलनको सुरुवात भएसँगै मार्फत विद्युत्तिय राजस्व संकलनमा उल्लेख्य बृद्धि हुनुका साथै आयतकर्ताहरुलाई पनि भुक्तानी गर्न निकै सहज भएको छ।
नेशनल पेमेन्ट स्वीचअन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाईम तथा नन् रियल टाईम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीचमार्फत रियल टाईममा ३.४ अर्ब र एनसीएचएल–आईपिएस मार्फत नन् रियल टाईममा ४ अर्ब बराबरको संकलन भएको छ।
भुक्तानी गर्नका निम्ती भन्सार एजेन्ट वाआयातकर्ताले भन्सारको अनलाइन प्रणाली ASYCUDA बाट रजिष्ट्रेशन वर्ष, रजिष्ट्रेशन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापन पत्र नं. प्राप्त गरी उपलब्ध कुनै पनि च्यानलमा सो विवरण दाखिला गरी अनलाइन भुक्तानी गर्न सक्दछन्। यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ।
भन्सार एजेन्ट तथा आयात कर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आइपिएस, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्न सक्दछन्। यो सेवा एनसिएचएलका विभिन्न सदस्य बैंक वित्तीय संस्थाका मोबाइल/ईन्टरनेट बैंकिङ्ग तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट) हरुमा पनि चाढै नै उपलब्ध हुनेछ। भन्सार विभागका सम्पूर्ण भुक्तानीहरु पहिले नगदवा चेक मार्फत हुने गरिन्थ्यो।
देशभरीका भन्सार नाकाहरुबाट आयात कर, भ्याट, अन्तःशुल्क लगायतका विभिन्न करहरु संकल नहुने कुल राजस्वको ४४ प्रतिशत ओगटेको छ भने सरकारी करको हकमा ५०प्रतिशत योगदान गरेको छ।
यसरी भन्सार विभागको अनलाइन संकलन सेवाको सुरुवातले विभागको सेवाप्रवाहमाउल्लेखिय सुधार ल्याई विभागको ‘क्यासलेस र फेस लेस’ सेवादिने नीतिलाई सहयोग गर्ने अपेक्षा गरेका गरिएको छ। आ.व. २०७८/७९ को माघ मसान्तसम्म सरकारी राजस्वको अनलाइन संकलन १३.२ अर्ब भएकोमा भन्सार विभागको एक महिनामै ५६ प्रतिशत योगदान रहेको छ।
सरकारले गतआ.व. २०७७/७८ माकुल राजस्व संकलन मध्ये १० प्रतिशत अनलाइन माध्यबाट संकलन गरेको थियो। आउँदो समयमा सरकारी राजस्व संकलन अनलाइन माध्यमबाट २–३ गुणाले बृद्धि हुने अपेक्षा गरिएको छ भने भन्सार विभागको अनलाइन संकलनले यसमा उल्लेख्य योगदान पुर्याउने विश्वास गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार