कपिलवस्तुमा दाउराले कन्चटमा प्रहार गरेर ७० वर्षीय बृद्धकाे हत्या
नेपालबहस संवाददाता
फागुन ११, २०७८ बुधबार २२:५९:५५
११ फागुन, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–३ खगेन्द्रपुरमा कुटपीटबाट एक बृद्धको मृत्यु भएको छ। छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको हो।
शिवराज नगरपालिका–३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटियामा सुतेको अवस्थामा फागुन २ गते टन्डललाई दाउराले कन्चटमा प्रहार गरेका थिए। घटनामा गंभीर घाइते भएका टन्डनको स्थानीय संजीवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए।
घटनाको आरोपमा प्रहरीले तिलकलाई पक्राउ गरी अनुसन्धान अघि बाढएको उनले बताए। प्रारम्भिक अनुसन्धानको क्रममा तिलक मानसिक सन्तुलन गुमाएको व्यक्ति रहको भन्ने बुझिएको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचोरीका मोटरसाइकलसहित पाँच जना पक्राउ
जेठ ९, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार