पर्सामा ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका’ कार्यक्रम
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार १२:४७:३१
१२ फागुन, काठमाडौँँ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ्य आमा, स्वास्थ्य बालबालिका’ कार्यक्रमअन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ । ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराइएको हो ।
आमाको गर्भ सुरक्षित हुँदा एउटा युग नै सुरक्षित हुने र स्वस्थ्य बच्चा जन्मे भोलिको भविष्यको कर्णधार हुने भएकाले गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताए । वडा नं १ का १००, वडा नं २ का ११०, वडा नं ३ का १०५, वडा नं ४ का ९५, वडा नं ५ का ९० र वडा नं ६ का ९८ गरी कूल ५९८ गर्भवतीलाई एक महिना पुग्ने गरी पोषिलो आहार उपलब्ध गराइएको हो । साथै गर्भवतीको स्वास्थ्य जाँचका लागि निःशुल्क भिडियो एक्सरेको व्यवस्थासमेत गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
गर्भवती महिलालाई तीन–तीन महिनामा जाँच गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पालिकाले एक हप्ताभित्र गर्भवतीको नामावली तयार गरी वीरगञ्जस्थित अस्पतालसँग समन्वय गरेर भिडियो एक्सरे गर्नुका साथै स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाउने योजना अघि बढाएको छ ।
साथै ज्येष्ठ नागरिकका लागि पनि पालिकाले वीरगञ्जको परवानीपुरस्थित केडिया आँखा अस्पतालसँग समन्वय गरी मोतियाबिन्दु भएकाको निःशुल्क शल्यक्रिया गराउने व्यवस्थासमेत मिलाएको अध्यक्ष जयसवालले जानकारी दिए ।
मोतियाबिन्दु भएका ज्येष्ठ नागरिकले पालिकाबाट सिफारिस लिएर केडिया आँखा अस्पतालमा गई निःशुल्क शल्यक्रियासमेत गराउने सक्ने गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार