अस्पताल बनाउन घडेरी सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार १३:४३:३०
१२ फागुन, काठमाडौँँ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार सो गाउँपालिकास्थित चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र नजिकै निर्माण गर्न लागिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा भवनको जग भत्किएपछि तीन कोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले बताए ।
घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुई कोठा भासिएको प्रत्यक्षदर्शीले बताएका छन् । विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा जग्गादाता प्रेमबहादुर बस्नेतको घरसमेत जोखिममा परेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेपछि अहिले घडेरी सम्याउने काम रोकिएको स्थानीय बासिन्दाले बताएका छन् ।
सेवा प्रवाहका दृष्टिले जन्तेढुङ्गामा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई एकैठाउँमा राख्न खोजिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए । निर्माणाधीन अस्पतालमा अहिले घडेरी सम्याउने, पर्खाल लगाउने, आवश्यक सामग्री ल्याउनेलगायतका काम भइरहेको केठेदार कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार