एमसीसी पास गराउन एमाले संसदीय दलको कार्यालयमा देउवा र ओलीबीच वार्ता
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार २१:३३:१९
१२ फागुन, काठमाडौं । एमसीसी आजैको बैठकबाट पास गर्ने तयारी गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अचानक संसद बैठक स्थगित गरि एमाले अध्यक्ष केपी ओलीसँग छलफल थालेका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा नै देउवाले एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सुवास नेम्वाङसहितका नेतासँग संवाद गरिरहेका छन् ।
सो बैठकमा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रस महामन्त्री गगन थापा सहभागी भएका छन् । गठबन्धन दलमा सहभागीहरुबीच एमसीसीको विषयलाई लिएर किचलो बढेपछि प्रधानमन्त्रीले एमालेको सहयोग लिएर पास गराउने तयारी थालेका हुन् ।
एमसीसी कै लागि प्रधानमन्त्री देउवाले धेरैपटक ओलीसँग संवाद गरिसकेका छन् । देउवाले ओलीसँग वार्ता गरेको एक हप्तामा यो तेस्रोपटक हो । संसद भवन परिसरमा रहेको एमाले संसदीय दलको कार्यालयमा देउवा र एमालेका नेताहरुबीच छलफल भईरहेको हो ।
तर एमालेले सभामुखलाई फिर्ता बोलाउनुपर्ने र नेकपा समाजपादीका १४ सांसदमाथि कारवाही गर्नुपर्ने शर्त राख्दै आएको छ । सत्ता गठबन्धन टुटाउने शर्तमा एमाले एमसीसी पास गर्न तयार रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार