शेयरबजार २५०० सम्म आउनसक्ने यस्तो छ साप्ताहिक समीक्षासहितको प्राविधिक पक्ष
नेपालबहस संवाददाता
फागुन १३, २०७८ शुक्रबार १६:४:१८
१३ फागुन, काठमाडौं । साताको पहिलो दिन झण्डै ४० अंकले घटेको शेयरबजार साताको अन्तिम दिनमा पनि लगभग ६० अंकले गिरावट आयो । समग्रमा साताभरमा बजार ७१.१ अंकले घटेको छ ।
यो साता बजारमा ५ दिन कारोबार भएकोमा ३ दिन घट्यो २ दिन बढ्यो । यो साता कारोबार तथा शेयर भोलुम दूबैमा गिरावट आएको छ ।साप्ताहिक रुपमा यो साता शेयरबजारमा झण्डै १८ अर्ब कारोबार भएको छ । यो साता लगातार घटेको बजार आगामी साता पनि अझै केही अंकले गिरावट आउन सक्ने प्राविधिक बिश्लेषणबाट बुझन सकिन्छ ।
साताको अन्तिम दिन क्याण्डल स्टिक प्याट्रन अन्तगर्त बियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले बजार बियरिस टे«ण्मा भएको बुझिन्छ । बजार कति घट्छ तथा कति बढ्छ भनेर हामीले बिभिन्न टुल्समार्फत हेर्न सक्छौ । यसको लागि एउटा माध्यम भनेको फिवोनासी
टुल्सका अनुपात हुन ।
यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन् । यदि बजार आगामी साता पनि घट्छ भने ०.२३ को टेवा २८१०, ०.३८ को टेवा २७०४ मा र ०.५ को टेवा २६१८ सम्म आउन सक्छ । अहिले बजारले ०.३८ को प्रतिरोधलाई भत्काइ सकेर २६६१.४४ मा बन्द भएको छ ।
त्यसपछि पनि बजारमा गिरावट आउँछ भने बजार ०.६१ को टेवा २५३८ सम्म पनि आउन सक्छ । शेयरबजारमा धेरै जस्सो प्रोफेसन कारोबारीहरुले बजार घटेपछि फिवोनासीको ०.६१ को तहसम्म कुर्ने भएकोले यदि आगमी साता पनि बजार घट्छ भने २५३८ सम्मको बिन्दुमा बजार आउन सक्छ । (हेर्नुस् तस्वीरमा )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार