नेत्रदानको कथामा ‘थर्ड आई’ !
नेपालबहस संवाददाता
फागुन १३, २०७८ शुक्रबार १६:२०:२७
१३ फागुन, ,काठमाडौं । आफ्नो जीवनपछि पनि अरुलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देशसहित सर्ट फिल्म ‘थर्ड आई’ निर्माण भएको छ । आशुतोष अधिकारीको निर्देशन रहेको फिल्ममा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, विनोद मिश्र, सुरज पोखरेल, विमला अधिकारी र राजीव न्यौपानेको अभिनय छ ।
निर्देशक अधिकारीले दुई आँखाको दृष्टि गुमेपछि अरु कसैसँग लिएको तेस्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई फिल्ममा देखाइएको बताए ।
चितवनमा निर्माण गरिएको यो फिल्म एक घण्टाको छ । फिल्म यही फागुनको अन्तिम साताबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मका निर्माता विनोद मिश्र र कार्यकारी निर्माता केडी प्रेषित छन् ।
फिल्ममा साहित्यकार आरती अधिकारीको कथा, रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायांकन, विमल लामाको संगीत छ । निर्देशक अधिकारीका अनुसार फिल्मलाई विभिन्न च्यारिटी शो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरेपछि मात्र व्यावसायिक पमा नेपालमा प्रदर्शन गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार