रुसमाथि लगाईएको प्रतिबन्धको यो रुप
नेपालबहस संवाददाता
फागुन १४, २०७८ शनिबार २३:७:८
१४ फागुन, काठमाडौं । सन् २०१४ मा युक्रेनबाट अलग भएको क्राइमियामा रुसले आफ्नो आक्रमणकारी फौज पठाएदेखि नै पश्चिमी राष्ट्रहरूबाट भएको आर्थिक प्रतिबन्धले रुसलाई बढी आत्मनिर्भर बन्न, व्यापार तथा उद्यमका नयाँ साझेदार वा क्षेत्र पहिल्याउन, डलरमाथिको निर्भरतालाई ४० प्रतिशतबाट सकेसम्म घटाउँदै हाल १६ प्रतिशतमा ल्याउन र अझै यथासम्भव कम गर्दै लैजान दवावको शक्तिले निर्णायक गति दियो ।
आर्थिक प्रतिबन्धलाई पुटिनले प्रतिरोधको रणनीति अख्तियार गरेर ८ वर्षसम्म टिकेनन् मात्र, पश्चिमी मुलुकसमक्ष नलत्रिन र उनीहरूलाई चकित बनाईदिन धेरै हदसम्म सफल पनि देखिएका छन् । उनले प्रतिबन्धबाट क्षति नपुग्ने रुसी अर्थतन्त्रको विकासको रणनीति लागु गरेका छन् ।
त्यो बेलादेखि नै रुस आर्थिक प्रतिबन्धको सामना गरेर टिकिरहेको छ । विदेशी ऋण र लगानीमा आफ्नो निर्भरता घटाउँदै लगेको छ । आर्थिक वृद्धिलाई भन्दा स्थायित्वलाई प्राथमिकता दिनु, बजेटको आकार घटाउनु र वैकल्पिक वित्तीय प्रणालीको विकास गर्ने जस्ता गतिविधिलाई पनि रुसले यस अवधिमा जोड दियो ।
आर्थिक प्रतिबन्धको निशाना
यो वर्षको सुरू (जनबरी) महिनामा रुसको बाह्य मुद्रा तथा सुनको अन्तर्राष्ट्रिय सञ्चिति ६ खर्ब ४० अर्ब अमेरिकी डलर बराबर भएको देखिन्छ । यो भनेको विश्वकै हिसाबले चौथो ठूलो र अहिलेसम्मकै उच्च सञ्चिती भन्ने बुझिन्छ । रुसको १३ प्रतिशत कारोबार चिनियाँ मुद्रा (य्वान) सँग गाँसिएको छ । २०१४ यता आर्थिक प्रतिबन्धपछि रुसले वरण गरेको आत्मनिर्भर रणनीतिको प्रतिफल हो भन्ने देखिन्छ ।
तर रुसलाई सजिलो अवस्था भने पक्कै छैन । औद्योगिक र प्राविधिक रुपमा अग्रणी मुलुकहरूले लगाएको आर्थिक प्रतिबन्धको असर रुसले सँधैभरि धानिरहन सक्छ भन्ने हुँदैन । आर्थिक प्रतिबन्ध धान्ने निर्वाहमुखी जीवनमात्र कुनै पनि मुलुकको उद्देश्य र राष्ट्रिय संकल्प मात्र हुन सक्दैन । अर्कातिर रुसजस्तो ठूलो अर्थतन्त्रमा प्रतिबन्धलाई प्रभावकारी बनाउन पश्चिमा देशहरूलाई पनि सजिलो छैन, यसले धेरै मेहनत खोज्दछ ।
विदेशमा कारोबार गर्नलाई सहजीकरण गरिदिने र विश्वका हजारौँ वित्तीय निकायहरूले प्रयोग गर्दै आएको विश्वव्यापी आर्थिक मेसेज सेवा ‘स्विफ्ट’ बाट रुसलाई बञ्चित गर्ने हालको विचाराधीन तयारीलाई लागु गरियो भने त्यस्तो सम्भावित निर्णयले रुसी बैंकहरूलाई लगभग ध्वस्तै हुनुपर्ने गरी निकै कठोर हुनसक्छ । अमेरिकी डलरमा कारोबार गर्नमा अमेरिकी प्रतिबन्ध लाग्नसक्छ । तर इटली, अस्ट्रिया हङ्गेरी आदि रुससँग निकटतम कारोबार भएका कतिपय मुलुक कठोर प्रतिबन्ध लगाउन चाहँदैनन् ।
हाल २७ वटा रुसी उच्च अधिकारी, बैंक र अन्य संस्थाहरूमाथि युरोपेली युनियनले आर्थिक प्रतिबन्ध लगाएको जानकारी पाईएको छ । साथै अबको आर्थिक प्रतिबन्धको निशाना, युक्रेनबाट हालै टुक्रिएका र रुसले स्वतन्त्रताको मान्यता दिएको दुई ‘राज्य’ उपर व्यापारमा प्रतिबन्ध लगाउने तयारी भईरहेको देखिन्छ । रुसी संसद ‘दुमा’ सबै सांसदउपर पनि आर्थिक प्रतिबन्धको प्रत्यक्ष असर पर्नेछ । ‘दुमा’ मा ३५१ जना सभासद (सांसद) हुन्छन् ।
रुसी आक्रमणपछिको अवस्था
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सदस्य मुलुकहरूले युक्रेनमा सेना भने नपठाउने भएपनि नेटो देशहरूको सुरक्षार्थ अमेरिकाले युरोपको लागि ७ हजार सैनिक थप तैनात गर्ने भएको छ । रुसले युक्रेनमाथि भीषण सैनिक आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने निश्चयमा पुगेका छन् । रुसी बैंक तथा राज्यका उच्च अधिकारीहरूमाथि पनि कडा आर्थिक प्रतिबन्ध लगाइने बताईएको छ ।
रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको विरोधमा युद्धबिरोधी नाराहरू लेखिएका प्लेकार्डसहित राजधानी मास्को, सोभियतकालमा लेनिनग्राद भनिएको अर्को महत्वपूर्ण शहर सेन्ट पिटस्वर्ग र अन्य शहरमा हजारौँ रुसी नागरिक सडकमा ओर्लिएको र करिब दुई हजार प्रदर्शनकारीलाई प्रहरीले प्रक्राउ गरेका दृश्यले विश्वभरि सराह्रानाको समर्थन पाएको छ । मास्को शहरमै करिब एकहजार प्रदर्शनकारी पक्राउ परिसके । राष्ट्रसंघमा रुसी नियोगको कार्यालय अगाडि पनि ठूलै विरोध प्रदर्शन भएको छ ।
रुसले पूरा शक्तिका साथ पूर्णयुद्ध चर्काएपछि आतंकित र तनावग्रस्त युक्रेनमा रात्रीकालीन कर्फ्यु लगाईएको छ । एक लाखभन्दा बढी नागरिकहरूले युक्रेनमा ज्यानको खतरा देखेर युक्रेन छोडिसकेको राष्ट्रसंघको अनुमान छ । युक्रेनका चारैतिरबाट विभिन्न भागमा रुसी सेनाले गोलाबारी, शक्तिशाली बम विस्फोट र हवाई आक्रमणका साथ तीव्रगतिमा अघि बढिरहेका छन् । सेना र सर्वसाधारण गरी १३७ युक्रेनी नागरिकले ज्यान गुमाईसकेको युक्रेनको सरकारी विवरण सार्वजनिक भएको छ ।
यस्तै गति कायम रहने हो भने रुसी सेनालाई युक्रेनमाथि पूर्ण कब्जा गरेर कठपुतली सरकार गठन गर्न एक हप्ताको अवधि पनि नलाग्ला । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले लड्न नछोड्ने दृढता व्यक्त गर्दै आफ्ना नागरिकलाई लडाईंमा साथ दिएर युक्रेनलको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाका लागि आह्वान गरेका छन् । (एजेन्सीहरूको सहयोगमा)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार