मिर्गौला पीडित पण्डितलाई सहयोग
नेपालबहस संवाददाता
फागुन १५, २०७८ आइतबार १२:३२:१४
१५ फागुन, काठमाडौं । मिर्गौला पीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब दुई लाख सहयोग गरिएको छ । नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य समेत रहेका उनलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो ।
सङ्गठनको ११ औं जिल्ला अधिवेशनका अवसरमा उक्त रकम उहाँलाई हस्तान्तरण गरिएको छ । कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितका उपचारमा सहयोग पु¥याउन हस्तान्तरण गरिएको निजामति कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए ।
बिरामी पण्डितलाई शुक्रबार मात्रै निजामति कर्मचारी सङ्गठन तनहुँले पनि रु ५० हजार आठ सय ४५ सहयोग गरेको थियो । कलकत्तास्थित अस्पतालमा पण्डितको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको र आर्थिक स्रोत अभाव भएपछि सबैसँग सहयोगको अपिल गरिएको अध्यक्ष ठकुरीले जानकारी दिए ।
सहयोगका लागि निजामती कर्मचारी सङ्गठन तनहुँको नाममा राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ३५२०१०००००४६३००१ वा माछापुच्छ«े बैङ्कमा रामचन्द्र पण्डितको नाममा रहेको खाता नम्बर १२३६५२४१११३३९०११ मा रकम जम्मा गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार