सशस्त्रका एसपी महर्जनले चेन अफ कमाण्ड तोड्दा डीआईजी दाहाल मौन
नेपालबहस संवाददाता
फागुन १५, २०७८ आइतबार १८:६:५७
१५ फागुन, काठमाडौं । सशस्त्र प्रहरीका एक एसपीले चाहेको ठाउँमा सरुवा नपाएपछि दिएको कमाण्डमा हाजिर नै नभई बसेको अवस्थामा उनीमाथि छानविन थालिएकाे छ । दिएको कमाण्डमा हाजिर नै नभई सशस्त्रका एसपी समिककुमार महर्जनले चेन अफ कमान्डको धज्जी उडाउँदै मातहत कर्मचारीमाथि रिस पोखेको उजुरी सशस्त्र प्रहरी मूख्यालयमा परेपछि उनीमाथि छानविन भएकाे हाे । सो छानविनको क्रममा समितिलाई उनले आफ्नो घरायाशी कारण देखाएर दिएको कमाण्ड सम्हाल्न नगएको बयान दिएको स्रोतको दावी छ ।
गत माघ २५ गते सशस्त्र प्रहरी मुख्यालयले एसपीहरुको सरुवा गर्यो । सोही सरुवामा ३८ नम्बर रिजर्भ गण झापा दरबन्दी परेका एसपी समिक कुमार महर्जन अहिलेसम्म कमाण्ड सम्हाल्न गएका थिएनन । स्टाफ कलेज दरबन्दी भई हाल उपत्यका स्थित ९ नम्बर पशुपतिनाथ बाहिनीमा कार्यरत उनी कमाउ अड्डा नपाएपछि कमाण्डमै नगएको बाहिनी श्रोतले जनाएको छ । उनले मधेश प्रदेशको कुनै जिल्ला चलाउने एक गण खोजेका थिए ।
त्यहाँ जान नपाएपछि उनी झापाको ३८ नंबर रिजर्भ गणमा नगएको स्रोतको भनाई छ । ‘ सीमा नाकामा बसेर कमाउन पाइयोस् भन्ने चाहना रहेछ, भनेको ठाउँ पाइएन यस्तो ठाउँमा को के जानु भनेर बसेका छन्’, स्टाफ कलेज स्रोतले भन्यो । उनी कमान्डमा नै नगएर दिइएको जिम्मेवारी उल्लंघन गर्दै अनुशासनहिन कार्य गरेकोमा मूख्यालयभित्रै चर्चाको विषय बनेको थियो । ‘कमाण्ड गर्ने र संगठनको राम्रो सोचेको भए उनी जहाँ खटाए पनि जान्थे आखिर जुन गण गएपनि गणपतिको हैसियतमा काम गर्ने हो ’, बाहिनीका एक अधिकृतले भने ।
सरुवा भएको ठाँउमा कमान्ड सम्हाल्न नगएका सशस्त्र एसपी महर्जनको बारेमा दिएको प्रतिवेदन पनि हास्याँस्पद रहेको स्रोतले जनाएको छ । समितिले घरायसी समस्याका कारण कार्यक्षेत्रमा नगएको हास्याँस्पद र गैरजिम्मेवारी पुर्ण प्रतिवेदन दिएको हो । कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कंडेलको अध्यक्षतामा गठित समितिले एसपी समिककुमार महर्जनको बारे यस्तो गैरजिम्मेवारीपुर्ण र हल्का जवाफ मुख्यालय पठाएको छ ।
नम्बर ९ पशुपतिनाथ बाहिनी बलम्बुमा कार्यरत महर्जनको बारेमा हेल्लो सरकारमा समेत उजुरी परेको थियो । सो बिषयमा हेल्लो सरकारमा उजुरी परेपछि ९ बाहिनीले छानविन समिति गठन गरेको थियो । प्रतिवेदनमा घरायसी समस्याको अलाबा परीक्षाको कारण समेत भनिएको छ तर कुन परीक्षा , कहिले सकिन्छ र उनी कमान्डमा कहिले जान्छन् भन्ने बिषयमा प्रतिवेदन मौन छ । एसपी महर्जनको यस्तो गैरजिम्मेवारीपुर्ण हर्कतले फौजको चेन अफ कमाण्डमा नै प्रश्नचिन्ह खडा भएको सशस्त्र प्रहरी मूख्यालयल स्रोतले जनाएको छ ।
यता कमाउधन्दाको प्रयास असफल भएपछि उनले बाहिनी मातहतका कर्मचारीलाई अनावश्यक दुख दिएर रिस फेर्न थालेका छन् । ‘हरेक दिन बिनाप्रसंग परिचरसम्मलाई सामेल गर्दै अनावश्यक ब्रिफिङ गर्ने र अनुशासनको धज्जी उडाउने महर्जन स्वयम् मातहत कर्मचारीलाई नैतिकताको पाठ सिकाउन तल्लिन छन्’, स्रोतले भन्यो । बिदा आउटमा कडाइ गरेको नाममा असाध्यै समस्या भएका कर्मचारी समेत बिदा जान नपाउँदा रुष्ट बनेका छन् ।
यता उनको यो हर्कत हुँदा पनि बाहिनीपति बंशी दाहाल टुलुटुलु हेरेर बसेकोमा प्रहरी कर्मचारीले असन्तुष्टि पोखेका छन् । ‘एसपी महर्जनलाई डीआईजी दाहालको साथ रहेको हुनसक्छ नत्र कसरी उनले चेनअफ कमाण्ड तोड्न सक्छन्, प्रतिवेदन पनि उनलाई जोगाउने खालकै आएको छ’, एक प्रहरी अधिकारीले भने ‘उनकै मातहतमा बसेको एसपीले चेन अफ कमाण्ड तोड्दा डीआईजी दाहाल किन मौन बसे ?’ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
बुधबार दहि खाएर यात्रामा निस्कदा शुभ फल प्राप्त हुने
माघ १६, २०८१ बुधबार