‘हेल्लो जिन्दगी’ को ट्रेलरमा एक्शन लभ कमेडी
नेपालबहस संवाददाता
फागुन १६, २०७८ मंगलबार ४:४४:३३
१६ फागुन, काठमाडौं । लामो प्रतिक्षापछि ‘हेल्लो जिन्दगी’ फिल्मको ट्रेलर सोमबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको सवा दुई मिनेट लामो ट्रेलरमा लभ,रोमान्स,एक्शन,कमेडी र सेन्टिमेन्ट्सको ‘प्याकेज’ देखिन्छ ।
एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा अभिनेता बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत र निर्देशक बोहरा स्वयम् प्रस्तुत छन । सत्य घटनाबाट प्रभावीत फिल्मको अधिकांश छायांकन बेलायत गरिएको हो ।
महंगो बजेटमा निर्माण भएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।
निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा र निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा,सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् ।
कोरियोग्राफी भारतीय फिल्मका चर्चित कोरियोग्राफर बिष्णु देवाले गरेका छन् । अत्याधीक भिएफएक्स प्रबिधिको उपयोग गरिएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसार्इँ,विल्सन बिक्रम राई,एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेतका साथमा सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ ।
आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको सहायक निर्देशनमा मार्लाेभ ढुंगाना र सीमा गुरुङ छन् भने मुख्य सहायक निर्देशक सुदीप कुँवर र एलिस अधिकारी हुन् । सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहेको फिल्मको सम्पादन मित्र डि.गुरुङले गरेका हुन । फिल्मको ट्रेलरले अहिले चर्चा पाइरहेको छ । केही दिनमै फिल्मको पहिलो गीत सार्वजनीक गरिने जानकारी निर्देशक बोहराले दिएका छन् ।
हेर्नुस् ट्रेलर :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार